coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

रोल्पा नगरपालिकामा माओवादी विजयी

निर्वाचित मेयर सुरेन्द्र थापा घर्तीः दिनेश/नागरिक ।

जिल्लाको एकमात्र नगपालिका रोल्पा नगरपालिकामा माओवादी विजयी भएको छ। मेयरका माओवादी उमेद्वार सुरेन्द्र थापार्घीले ७ हजार ६ सय ३ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्ती कांगे्रसका शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याएका छन्।  

उपमेयरमा पनि माओवादीले नै जितहात पारेकोछ । माओवादीका गीता आचार्य ७ हजार ७ सय ४१ मत ल्याएर विजयी भएकि हुन भने उनका प्रतिद्धन्दी कांगे्रसका पुष्पा श्रेष्ठले ३ हजार ७ सय १९ मत ल्याएकि छिन्।  

१० वडा रहेको रोल्पा नगरपालिकामा ३ नम्बर वडा बाहेक सबै वडा माओवादीले जितेको छ। वडा  २ मा भने बराबर मत आए पछि गोला प्रथा गर्दा माओवादीले जितेको हो । यहाँको थवाङ गाउँपालिकामा माओवादी विजयी भएको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App