७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

रोल्पा रुकुममा माओवादी कै अग्रता

रोल्पामा अहिले सम्म २९ वडाको मत परिणाम सार्बजनिक भएको छ। जस अनुसार अधिकांस वडामा माओवादीले जित हासिल गरेको छ।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा वडा न. १, २, ४, ५, ६, ७ र ८ मा माओवादीले जित हासिल गर्दा वडा न. ३ मा कांग्रेसले जितेको छ।

परिबर्तन गाउँपालिकाका वडा न.१ र २ मा माओवादी केन्द्रले जितेको छ वडा न. ३ कांगे्रसले जितेको छ। त्रिबेणी गाउँपालिका वडा न. १ र ३ मा माओवादी र २ मा एमालेले जितेको छ। गंगादेव गाउँपालिका १, २, ५ र ७ मा कांगे्रस र ६ मा एमालेले जितेको छ। थवाङ गाउँपालिका वडा न. ४ मा एमाले  जित्दै गर्दा १, २, ३ र ५ मा माओवादी बिजयी भएको छ।

सुनछहरी गाउँपालिका १, २ र ३ मा माओवादी केन्द्रले जितेको छ भने रुन्टीगढी गाउँपालिका १, ४ मा कांगे्रस, २ मा माओवादी र ३ मा एमाले बिजयी भएको छ। लुङग्री गाउँपालिका ५, ६ र ७ मा माओवादीले जितेको छ। सुनिलस्मृती गाउँपालिका वडा न. १ र ४ मा माओवादी केन्द्र र २ मा स्वतन्त्रले जित हासिल गरेको छ। माडि गाउँपालिकामा १  र २ मा माओवादी केन्द्रले जितेको छ भने ३ मा समाजबादिले जितेको छ।

पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा न. १, २ र ३ मा कांगे्रसले जित हासिल गरेको गरेको छ । त्रिबेणी गाउँपालिकाका १ मा स्वतन्त्र, ३ र ४ मा कांग्रेस निर्बाचित भएका छन्। त्यस्तै सानोभेरी गाउँपालिका वडा न. १, २ र ३ माओबादी निर्बाचित भएका छन् भने ४ र ५ मा कांग्रेसका उमेद्वार निर्बाचित भएका छन्।

बाफिकोट २ मा कांग्रेस र १ मा माओवादीले जितेको छ। त्यस्तै चौरजहारी नगरपालिका वडा न. १, २ र ३ मा माओवादी उमेद्वार बिजयी भएका छन्। आठबिसकोट नगरपालिकाका १, २ र ३ वडा पनि माओवादीले जितेको छ।

पुर्बि रुकुमका तिनवटै स्थानिय तहमा मतगणना जारी रहेको छ। १९ को नतिजा आएको मध्य १५ वडा माओवादी, २ वडा कांगे्रस र वडा २ एमालेले जितेको छ। अहिले सम्मको मत परिणाम अनुसार पुर्बिरुकुममा माओवादी निकै बलियो देखिएको छ। सबै तहहरुमा उसकै अग्रता छ। पुथा उत्तरगंगा गाउँपालिका वडा न. १, २, ३, ५, ६, ७, ८ र ९  मा माओवादीले जित हासिल गरेको छ भने वडा न. ४ मा कांगे्रसले र १० मा एमालेले जितेको छ।

भुमे गाउँपालिकाको वडा न. ६, ७, र ९ पनि माओवादीले जितेको छ भने वडा न. ८ मा वडा अध्यक्ष कांगे्रसले जितेको छ। सिस्ने गाउँपालिकाको वडा न. १, २, ३ र ८ मा माओवादी बिजयी भएको छ  भने वडा न. ७ एमालेले जितेको छ।

यसैबिच थवाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी बिजयी भएको छ । अध्यक्षमा माओवादीका ऋषि केशब बुढामगरले २ हजार १ सय २२ मत ल्याएर बिजयी भएका हुन भने उनका प्रतिद्धन्दी स्वतन्त्रका दरजित रोकाले १ हजार ५ सय ६ मत प्राप्त गरे । यहाँ बिप्लव, कांगे्रस, एमाले लगायतले माओवादी ईतरको गठबन्धन गरेका थिए।

पाँचवटा वडा रहेको थवाङ गाउँपालिकाको उपाध्यक्षमा माओवादी कै सर्मिला बुढामगर बिजयी भएका छन् । उनले पनि २ हजार १ सय २२ मत ल्याउदा उनका प्रतिद्धन्दी स्वतन्त्रका रायबहादुर पुनले १ हजार ४ सय ६८ मत प्राप्त गरे।

थवाङको वडा न. १, २, ३ र ५ मा माओवादीले जित हासिल गरेको छ भने वडा न. ४ मा एमालेका उमेद्वार निर्बाचित भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App