भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र नेपाली कांग्रेसले चारचार वटा वडा अध्यक्षमा विजयी भई बराबरीमा आएको छ।
नेकपा एमालले भने एउटा वडा अध्यक्ष जितेर दोश्रो स्थानमा चित वुझाउनु परिरहेको छ। आइतबार साँंझसम्म भक्तपुरमा नेमकिपाले चार वटा वडा अध्यक्ष विजयी हासिल गरेको हो। नेमकिपाले भक्तपुर नगरपालिका वडा नं १ देखि ४ सम्म चार वटै वडामा वडा अध्यक्षसहित सम्पूर्ण प्यानलसहित विजयी हासिल गरेको हो। बाँंकी वडाको मत परिणाममा पनि सोही पार्टीका उम्मेदबारहरु भारी मतले अगाडि वढिरहेका छन्र।
नेपाली कांग्रेसले भने चाँंगुनारायण र सूर्यविनायकमा दुई दुई वटा वडा अध्यक्ष गरी कुल चार वटा वडा अध्यक्ष जितेको छ। उसले दुई वटा नगरपालिकामा चार वटा वडा अध्यक्ष जितेको हो। मध्पयुर थिमि नगरपालिका वडा नं १ र २ मा र चाँंगुनारायण नगरपालिका वडा नं १ र २ मा वडा अध्यक्ष जितेको हो। नेमकिपा भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा भारि मतले अगाडि छ भने कांग्रेस पनि भक्तपुर थिमि नगरपालिका वडा नं ३ मा अगाडि छ। नेमकिपाले जितेका वडाहरुमा प्यानलसहित छ भने काँंग्रेसले जितेका वडा अध्यक्षहरुमा वडा सदस्यहरुमा भने कांग्रेस एमालेको मिश्रित छ।
यता नेकपा एमालेले साँंझ सात बजेसम्म एउटा वडामा वडा अध्यक्ष जितेको छ। उसले सूर्यविनायक नगरपालिका वडा नं १ मा वडा अध्यक्षमा जित निकाल्न सफल भएको हो। यो वडामा पनि वडा सदस्यहरु भने मिश्रित नै छन्। कांग्रेस र एमालेका वडा सदस्यहरु जितेका हुन्।
मेयर उपमेयरका हकमा पनि भक्तपुर नगरपालिकामा नेमकिपाका मेयर उपमेयर धेरै फराकिलो मतका साथ अगाडि छन्। १२ हजार मत गणणा सकिंदा नेमकिपा एक्लैको मेयर उपमेयरले दस हजार वढी मत प्राप्त गरेका छन्। उता मध्यपुर थिमि, चाँंगुनारायण, सूर्यविनायकमा भने अत्याधिक प्रतिस्पर्धा छ। कहिले कांग्रस त कहिले एमाले मेयर उपमेयर अगाडि पछाडि हुने क्रम जारी छ।
पछिल्लो स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिकामा नेमकिपाले मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्यहरु सवै जितेको थियो। मध्यपुर थिमिमा भने त्यो बेला एमाले र नेमकिपाको गठबन्धनले मयेरमा जितेका थियो। सूर्यविनायक र चाँंगुमा भने मेयर उपमेयर दुवै एमालले जितेको थियो। वडा अध्यक्षमा भने कांग्रेस, एमाले, नेमकिपाको मिश्रित थियो।
प्रकाशित: १ जेष्ठ २०७९ १४:२४ आइतबार