घर नजिकैबाट हराएका श्रीमान फर्किने आसमा धवलागिरी गाउँपालिका–७, ताकमकी पवी गर्बुजाको बाटो हेरेको १७ वर्ष बित्यो। तर कुनै अत्तोपत्तो छैन। साविकको ताकम गाविस–५ देउबुजा जंगलको छेउमा अवस्थित एक्लो घरको पाली, भित्ता चर्किएको र खरको छाना चुहिएर बस्न नमिल्ने भएपछि जेठाजु फतबहादुरको घरमा बस्दै आएकी गर्बुजालाई घर खर्च चलाउन समेत हम्मेहम्मे परेको छ ।
परीक्षण रिपोर्ट आउन ढिला हुँदा बढ्यो तनाब
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेटौंडा, त्रिशूली, सिन्धुली र भक्तपुरमा कोरोना परीक्षण प्रयोगशाला निर्माण गर्ने भएको छ ।
धनकुटाका एम्बुलेन्स चालक आन्दोलित
असुरक्षित रूपमा बिरामीको ओसारपसार गर्दा खतरा बढिरहेको भन्दै धनकुटाका एम्बुलेन्स चालकहरू आन्दोलनमा उत्रिएका छन् ।
एक हप्ता बढाउन प्रस्ताव
उपत्यकाका तीनै जिल्लामा अर्को एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते रातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।
लगातारको निषेधाज्ञाप्रति प्रदेश सरकार नै असन्तुष्ट
पोखरामा निषेधाज्ञा खोल्नुपर्ने पक्षमा मत बलियो बन्दै गएको छ । पोखरा महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ देखि लगाएको निषेधाज्ञा लम्बिदै जाँदा निषेधाज्ञा खोल्नुपर्ने मत बलियो बन्दै गएको हो ।
धमाधम बन्द हुँदै कार्यालय
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं उपत्यकाका कार्यालय धमाधम बन्द हुन थालेका छन् ।
उपत्यका छिर्न भनसुन
सरकार र पहुँचवाला व्यक्तिका सवारीसाधन छाड्न प्रहरीलाई दबाब हुने गरेको छ । चिनजान नभएका सवारीसाधनलाई प्रहरीले फर्काउने गरे पनि पहुँच हुनेहरू फोन गरेर प्रहरीलाई अटेर गरी उपत्यका प्रवेश गरेको ड्युटीमा खटिएका एक प्रहरीले बताए ।
बिपीमा संक्रमितले जन्माइन् बच्चा
प्रतिष्ठानमा कोरोना संक्रमित महिलाले बच्चा जन्माएको यो पहिलो घटना हो ।
गर्भवतीको ज्यान जोगाउन प्लेन चार्टर्ड !
बाजुरा बुढीनन्दा नगरपालिकाका–२ की प्रश्रव पीडामा रहेकी २८ वर्षीया लक्ष्मी अधिकारी कार्की एक्कासी एम्बुलेन्समा मंगलबार दिउँसो बर्दिया जिल्ला पुग्दा अस्पतालमा सन्नाटा छायो । एैया आथ्थु गर्दे गर्भवती कार्की अस्पताल पुग्दा स्वास्थ्य अवस्था नाजुक भएको सबैले अनुमान लगाए ।
धादिङमा थपियो निषेधाज्ञा, भदौ १६ गते सम्म जारी रहने
धादिङमा भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा मंगलबार बसेको संकट व्यवस्थापन समितिको बैठकले आगामी भदौ १६ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले पहिलोपटक साउन २८ गते भदौ ३ गतेसम्मका लागि निशेधाज्ञा जारी गरेको थियो ।
थप एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि
खोटाङमा संक्रमित साथीसँगै एउटै क्वारेन्टिनमा बसेका एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २३ गते बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका ११ जना प्रहरी जवानमध्ये थप एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
नेपालमा कोरोना सुरुवात मात्र हो, नराम्रो दिन देख्न बाँकी नै छ : डब्लुएचओ
‘मलाई के लाग्छ भने यो सुरुवात मात्र हो । अब निकै नै केसहरू (संक्रमण) बढ्नेवाला छ । हामीले धेरै नै केसहरू देख्नेवाला छौं, आगामी दिनमा,’ उनले भने ।
१७ वर्ष वित्यो, अझै फर्किएनन् हराएका श्रीमान...
घर नजिकैबाट हराएका श्रीमान फर्किने आसमा धवलागिरी गाउँपालिका–७, ताकमकी पवी गर्बुजाको बाटो हेरेको १७ वर्ष बित्यो। तर कुनै अत्तोपत्तो छैन। साविकको ताकम गाविस–५ देउबुजा जंगलको छेउमा अवस्थित एक्लो घरको पाली, भित्ता चर्किएको र खरको छाना चुहिएर बस्न नमिल्ने भएपछि जेठाजु फतबहादुरको घरमा बस्दै आएकी गर्बुजालाई घर खर्च चलाउन समेत हम्मेहम्मे परेको छ ।
बाराका थप दुई कोरोना संक्रमितको मृत्यु
वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार गराई रहेका जिल्लाका थप दुई जना कोरोना भाइरस संक्रमितको मंगलबार मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयका २१ जना थुनुवामा कोरोना पोजेटिभ
जिल्ला प्रहरी कार्यालय सुनसरीका २१ जना थुनुवामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
एकसातासम्म पनि पिसिआर रिपोर्ट नपाउँदा चिन्तित
हेटौंडा उपमहानगरपालिका –६ का प्रदीप ढुङ्गानाले कोरोना परीक्षण (कोभिड–१९) का लागि स्वाब दिएको एक साता हुन लाग्यो तर रिपोर्ट आएको छैन्। आफ्नै ठाउँमा स्वाब परीक्षण हुने भएपनि रिपोर्ट आउन आउन ढिला हुदाँ चिन्तित देखिन्छन्।
‘आमा फोनमा रुनुुहुन्छ, म पनि संगै रुन थाल्छु’
जिल्ला बाहिर बिवाह गरेपनि माईती गाउँ नजिकैको स्वास्थ्य संस्थामा जागिरे जिवन शुरु भएकाले म र ५ वर्षको छोरा यतै छौं।
उपत्यकामा जारी निषेधाज्ञा एक साता बढाउन सिफारिस
उपत्यकामा जारी निषेधाज्ञा एक साता बढाउन सिफारिस गरिएको छ। उपत्यकाका जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले निषेधाज्ञा बढाउन सिफारिस गरेको हो।
भारतबाट लागुऔषध ल्याउने गिरोहका चार जना पक्राउ
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिएको बेला भारतबाट लागुऔषध नेपाल भित्र्याउने गिरोहमा संलग्न चार जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
प्रदेश १ मा १ सय ९ संक्रमित थपिए, ४९ जना डिस्चार्ज
प्रदेश १ मा ४९ जना संक्रमित मंगलबार डिस्चार्ज भइरहँदा १ सय ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। थपिएकामा २९ महिला र ८० पुरुष छन्। मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कोरोना त्रास: सहर जत्तिकै सचेत नार–फू
हिमालपारिको जिल्ला मनाङको दुर्गम गाउँ हुन् नार र फू। नार्पाभूमि गाउँपालिकाका यी दुई गाउँ पर्यटन र प्राकृतिक दृष्टिले निकै नै आकर्षक गन्तव्य मानिन्छन्। सन् २००३ पछि बल्ल यी ठाउँ पर्यटनका लागि खुल्ला गरिएको थियो। हिमाली सुन्दरता र उच्चभेगको वस्ती नै यहाँको मुख्य सुन्दरता हो।
भयावह बन्दै भक्तपुरमा कोरोना भाइरस
भक्तपुरमा पछिल्लो दिनहरुमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। चार वटा नगरपालिकाहरुमध्ये काठमाडौंसँंग जोडिएको यहाँंको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा समुदायस्तमै कोरोना संक्रमण भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएकाे छ।
छिमेकीले छिःछिः र दूरदूर गरिरहेका बेला जनप्रतिनिधि घरमै भेट्न आएपछि रोए संक्रमित
यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, सङ्क्रमितलाई दुर्व्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरूको मुखसमेत बन्द भएका छन् ।
१० रोपनी जग्गामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट
प्रहरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवैध रुपमा लगाइएको गाँजा फँडानी गरेको छ।
पछिल्लाे २४ घन्टामा कोरोनाबाट थप सात जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाकाे मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका तीन जना, पर्सा, सिरहा धनुषा र रूपन्देहीका एक/एक जना गरी सात जनाकाे मृत्यु भएकाे जनाइएकाे छ ।