१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थप एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि

खोटाङमा संक्रमित साथीसँगै एउटै क्वारेन्टिनमा बसेका एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २३ गते बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका ११ जना प्रहरी जवानमध्ये थप एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालयको क्वारेन्टिनमा सँगै राखिएका ८ जनामध्ये ६ जनालाई संक्रमण पुष्टि भएपछि बाँकी रहेका दुई जवानको पुन: पिसिआर परिक्षणकाक्रममा एक जनालाई संक्रमण भएको पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।  

प्रहरी जवानलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई जिल्ला प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएका छ । उनीसँगै बसिरहेका अर्का जवानलाई भने क्वारेन्टिनमै राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसान चिमोरियाले बताए । 

‘एउटै क्वारेन्टिनमा राखिएका आठ जना जवानमध्ये छ जनालाई संक्रमण पुष्टि भएपछि हालसम्म क्वारेन्टिनमा राखिएका दुई जना जवानमध्ये एक जनालाई संक्रमण पुष्टि भएको हो,’ डिएसपी चिमोरियाले भने, ‘संक्रमितलाई आइसोलेसनमा सारिएको छ । बाँकी एक जनालाई क्वारेन्टिनमै राखिएको छ । उसको पुःन पिसिआर परिक्षणको तयारी भइरहेको छ ।’ प्रहरी जवानलाई हाजिर हुन आए लगत्तै जिल्ला प्रहरी कार्यालयको क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणपछि व्यवस्था मिलाइएको छ । यससँगै जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २१ जनालाई संक्रमण भएको पुष्टि भएको छ ।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

प्रकाशित: ९ भाद्र २०७७ १४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App