कोरोनाको कारण बुधबार थप दुई पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा विश्रामपुर गाउँपालिका–१ छतवा टोलका ४० वर्षीय अशोक यादव र कलैया उपमहानगरपालिका–१ का ७० वर्षीय पुरुष विश्वनाथ प्रसाद जैसवाल रहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।
प्रदेश १ मा कोरोना भाइरसका १ सय ८ संक्रमित बुधबार थपिएका छन्। मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये दुई जना मोरङ र भक्तपुरका महिला छन्।
पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ८८५ मा संक्रमण भेटिएको हो।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत नर्सहरुको माग सम्बोधन गर्न ५ सदस्यीय एक समिति गठन गरिएको छ।आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधि र प्रतिष्ठानका पदाधिकारीहरुबीच बुधबार बिहान भएको वार्ताले ५ सदस्यीय समिति गठन गरेको हो।
ताप्लेजुङ जिल्लामा कोरोना संक्रमण शून्य भएको छ। सोमबार स्वाब संकलन गरि परीक्षणका लागि पठाईएको ५३ जनाकै परीक्षण रिर्पोट नेगेटिभ आएपछि अहिले फुङ्लिङस्थित ताप्लेजुङ वाणिज्य संघमा क्वारेन्टिनमा सबैलाई घर पठाइएको हो। त्यहाँ २० जना क्वारेन्टिमा थिए ।
कर्णालीमा एक चिकित्सकसहित छ जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सक र एक कर्मचारीसहित छ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
वर्षाले सडक बाटो अवरुद्ध हुँदा कालीकोटमा एक सुत्केरी महिला र उनका नाबालकको मृत्यु भएको छ। रास्कोट–२, सिप्खानाकी २८ वर्षीया शीर सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो।
दलित किशोरीलाई जबरजस्ती करणी गरी असुरक्षित गर्भपतन गराउने र गराउन सहयोग गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले पक्राउ गरेको छ। जबरजस्ती करणी गर्ने रास्कोट नगरपालिका–४, वसन्तपुरका ५८ वर्षीय नमराज शाही, उनका छोरी ज्वाइ खगेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
बाँकेमा कोरोना भाइरस संक्रमित थप एक युवकको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ निवासी ३७ वर्षिय पुरुषको मंगलबार राती साढे १ बजेतिर मृत्यु भएको हो।
महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि अक्सिजन सहितका आइसोलेसन केन्द्र भरिभराउ हुन थालेको छ। आइसोलेसन केन्द्रमा पहुँचवाला बाहेकलाई अक्सिजनसहितको बेड भेट्टाउन मुस्किल भएपछि संक्रमितहरु घरमै बसेर उपचार गराउन बाध्य छन।
पाँचथरमा तीन जना प्रहरी र एकजना विदेशबाट आएर क्यारेन्टिनमा बसेको व्याक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। पछिल्लो रिर्पोट अनुसार जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत तीन जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो।
प्रदेश १ मा कोरोनाको "हट्स्पट" बनेको विराटनगरमा थप एक जनाको ज्यान गएको छ। विराटनगरकी एक जना कोरोना संक्रमित महिलाको मंगलबार राती उपचारकै क्रममा मृत्यु भएको हो।यहाँको विराट शिक्षण अस्पतालमा उपचाररत विराटनगर ११ की ४४ वर्षीया कोरोना संक्रमीत महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ।
उपत्यकाका तीनै जिल्लामा अर्को एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते रातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।
पोखरामा निषेधाज्ञा खोल्नुपर्ने पक्षमा मत बलियो बन्दै गएको छ । पोखरा महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ देखि लगाएको निषेधाज्ञा लम्बिदै जाँदा निषेधाज्ञा खोल्नुपर्ने मत बलियो बन्दै गएको हो ।
सरकार र पहुँचवाला व्यक्तिका सवारीसाधन छाड्न प्रहरीलाई दबाब हुने गरेको छ । चिनजान नभएका सवारीसाधनलाई प्रहरीले फर्काउने गरे पनि पहुँच हुनेहरू फोन गरेर प्रहरीलाई अटेर गरी उपत्यका प्रवेश गरेको ड्युटीमा खटिएका एक प्रहरीले बताए ।
बारामा थप दुई कोरोना संक्रमितको मृत्यु
कोरोनाको कारण बुधबार थप दुई पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा विश्रामपुर गाउँपालिका–१ छतवा टोलका ४० वर्षीय अशोक यादव र कलैया उपमहानगरपालिका–१ का ७० वर्षीय पुरुष विश्वनाथ प्रसाद जैसवाल रहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।
प्रदेश १ मा १ सय ८ संक्रमित थपिए, ८१ जना डिस्चार्ज
प्रदेश १ मा कोरोना भाइरसका १ सय ८ संक्रमित बुधबार थपिएका छन्। मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन्। पछिल्लोख २४ घन्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये दुई जना मोरङ र भक्तपुरका महिला छन्।
थप ८८५ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ८८५ मा संक्रमण भेटिएको हो।
वीपीकाआन्लदोलनरत नर्सहरुको माग सम्बोधन गर्न समिति गठन
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत नर्सहरुको माग सम्बोधन गर्न ५ सदस्यीय एक समिति गठन गरिएको छ।आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधि र प्रतिष्ठानका पदाधिकारीहरुबीच बुधबार बिहान भएको वार्ताले ५ सदस्यीय समिति गठन गरेको हो।
ताप्लेजुङमा कोरोना संक्रमण शून्य
ताप्लेजुङ जिल्लामा कोरोना संक्रमण शून्य भएको छ। सोमबार स्वाब संकलन गरि परीक्षणका लागि पठाईएको ५३ जनाकै परीक्षण रिर्पोट नेगेटिभ आएपछि अहिले फुङ्लिङस्थित ताप्लेजुङ वाणिज्य संघमा क्वारेन्टिनमा सबैलाई घर पठाइएको हो। त्यहाँ २० जना क्वारेन्टिमा थिए ।
चिकित्सकसहित छ जनामा कारोना संक्रमण
कर्णालीमा एक चिकित्सकसहित छ जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सक र एक कर्मचारीसहित छ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
वर्षाले बाटो अवरुद्ध हुँदा सुत्केरी र नाबालक बच्चाको मृत्यु
वर्षाले सडक बाटो अवरुद्ध हुँदा कालीकोटमा एक सुत्केरी महिला र उनका नाबालकको मृत्यु भएको छ। रास्कोट–२, सिप्खानाकी २८ वर्षीया शीर सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो।
जवर्जस्ती करणी गरेर असुरक्षित गर्भपतन गराउने पक्राउ
दलित किशोरीलाई जबरजस्ती करणी गरी असुरक्षित गर्भपतन गराउने र गराउन सहयोग गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले पक्राउ गरेको छ। जबरजस्ती करणी गर्ने रास्कोट नगरपालिका–४, वसन्तपुरका ५८ वर्षीय नमराज शाही, उनका छोरी ज्वाइ खगेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
धरानमा भदौ १७ गतेसम्म लकडाउन थपियो
कोभिड १९ समुदायस्तरमा फैलिने क्रम पूर्णरुपमा नियन्त्रणमा आइनसकेको निष्कर्ष निकाल्दै धरान उपमहानगरापलिकामा एक सातालाई लकडाउन थप गर्ने निर्णय भएको छ।
बाँकेमा कोरोना संक्रमित थप एक युवकको मृत्यु
बाँकेमा कोरोना भाइरस संक्रमित थप एक युवकको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ निवासी ३७ वर्षिय पुरुषको मंगलबार राती साढे १ बजेतिर मृत्यु भएको हो।
हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना, २४ घण्टा सतर्कताको आवश्यकता
महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विपन्न संक्रमितलाई ‘अक्सिजन बैंक’
कोरोनाको संक्रमण बढ्दै गएपछि अक्सिजन सहितका आइसोलेसन केन्द्र भरिभराउ हुन थालेको छ। आइसोलेसन केन्द्रमा पहुँचवाला बाहेकलाई अक्सिजनसहितको बेड भेट्टाउन मुस्किल भएपछि संक्रमितहरु घरमै बसेर उपचार गराउन बाध्य छन।
धुलिखेलमा कोरोना सङ्क्रमितको मृत्यु
धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ।
पाँचथरमा तीन प्रहरीसहित चार जनामा कोरोना पोजेटिभ
पाँचथरमा तीन जना प्रहरी र एकजना विदेशबाट आएर क्यारेन्टिनमा बसेको व्याक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। पछिल्लो रिर्पोट अनुसार जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत तीन जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो।
विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु
प्रदेश १ मा कोरोनाको "हट्स्पट" बनेको विराटनगरमा थप एक जनाको ज्यान गएको छ। विराटनगरकी एक जना कोरोना संक्रमित महिलाको मंगलबार राती उपचारकै क्रममा मृत्यु भएको हो।यहाँको विराट शिक्षण अस्पतालमा उपचाररत विराटनगर ११ की ४४ वर्षीया कोरोना संक्रमीत महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ।
परीक्षण रिपोर्ट आउन ढिला हुँदा बढ्यो तनाब
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेटौंडा, त्रिशूली, सिन्धुली र भक्तपुरमा कोरोना परीक्षण प्रयोगशाला निर्माण गर्ने भएको छ ।
धनकुटाका एम्बुलेन्स चालक आन्दोलित
असुरक्षित रूपमा बिरामीको ओसारपसार गर्दा खतरा बढिरहेको भन्दै धनकुटाका एम्बुलेन्स चालकहरू आन्दोलनमा उत्रिएका छन् ।
एक हप्ता बढाउन प्रस्ताव
उपत्यकाका तीनै जिल्लामा अर्को एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते रातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।
लगातारको निषेधाज्ञाप्रति प्रदेश सरकार नै असन्तुष्ट
पोखरामा निषेधाज्ञा खोल्नुपर्ने पक्षमा मत बलियो बन्दै गएको छ । पोखरा महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ देखि लगाएको निषेधाज्ञा लम्बिदै जाँदा निषेधाज्ञा खोल्नुपर्ने मत बलियो बन्दै गएको हो ।
धमाधम बन्द हुँदै कार्यालय
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं उपत्यकाका कार्यालय धमाधम बन्द हुन थालेका छन् ।
उपत्यका छिर्न भनसुन
सरकार र पहुँचवाला व्यक्तिका सवारीसाधन छाड्न प्रहरीलाई दबाब हुने गरेको छ । चिनजान नभएका सवारीसाधनलाई प्रहरीले फर्काउने गरे पनि पहुँच हुनेहरू फोन गरेर प्रहरीलाई अटेर गरी उपत्यका प्रवेश गरेको ड्युटीमा खटिएका एक प्रहरीले बताए ।
बिपीमा संक्रमितले जन्माइन् बच्चा
प्रतिष्ठानमा कोरोना संक्रमित महिलाले बच्चा जन्माएको यो पहिलो घटना हो ।