१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा कोरोना संक्रमण शून्य

ताप्लेजुङ जिल्लामा कोरोना संक्रमण शून्य भएको छ। सोमबार स्वाब संकलन गरि  परीक्षणका लागि पठाईएको ५३ जनाकै परीक्षण रिर्पोट नेगेटिभ आएपछि अहिले फुङ्लिङस्थित ताप्लेजुङ वाणिज्य संघमा क्वारेन्टिनमा सबैलाई घर पठाइएको हो। त्यहाँ २० जना क्वारेन्टिमा थिए । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले कोरोना शून्य संक्रमित जिल्ला संगै क्वारेन्टिन समेत शून्य बनेको प्रति खुसी प्रकट गरेका छन् ।  

अहिले भारतसहित तेस्रो मुलुकबाट आएका तथा जिल्ला अस्पतालले रेफर गरेर अन्यत्र उपचारपछि फर्किएका बाहेक कोरोना प्रभावित जिल्लाबाट आएका नागरिकलाई समेत फुङ्लिङ स्थित ताप्लेजुङ बाणिज्य संघमा क्वारेन्टिनमा राखिन्छ । क्वारेन्टिनमा रहेकाहरुको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र उनीलाई आफ्नो घर जाने अनुमति दिने गरिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए ।  

मादेनले कोरोना शून्य संक्रमित जिल्ला भएको लामो समय सम्म पनि स्वास्थ्य मन्त्रालयले ताप्लेजुङलाई संक्रमित सूचीमा राखेको प्रति आपत्ति प्रकट गरेका छन् । ‘कोरोना संक्रमण शून्य जिल्ला मात्र होईन, बुधवार त झन् क्वारेन्टिनमा रहेकाको संख्या समेत शुन्य बनेको छ’, मादेनले भने । सोमवार क्वारेन्टिनमा रहेका, शंकास्पद र क्वारेन्टिन व्यवस्थापन,स्वास्थ्य क्षेत्र र रेखदेखमा खटिने जनशक्ति समेतको सदरमुकामबाट २६ र सिरिजङ्घा गाउँपालिकाबाट २७ गरि कूल ५३ जनाको स्वाब संकलन गरी परीक्षणका प्रादेशिक अस्पताल बिराटनगर पठाईएको थियो । ति सबैको रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टिन केन्द्र पूरै खाली भएको छ ।  

प्रकाशित: १० भाद्र २०७७ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App