१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

वीपीकाआन्लदोलनरत नर्सहरुको माग सम्बोधन गर्न समिति गठन

बुधबार बिहान उपकुलपति कार्यालयमा वार्ता भइरहदा बाहिर प्रर्दशन गरिरहेका नर्सहरु। तस्बिर : रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत नर्सहरुको माग सम्बोधन गर्न ५ सदस्यीय एक समिति गठन गरिएको छ।आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधि र प्रतिष्ठानका पदाधिकारीहरुबीच बुधबार बिहान भएको वार्ताले ५ सदस्यीय समिति गठन गरेको हो। नर्सिङ स्टाफहरुसँगै आन्दोलित भएका हेल्थ एड र हेल्परहरुको पनि समस्या समाधान गर्न अस्पताल निर्देशक डा.गौरीशंकर साहको संयोजकत्वमा समिति गठन भएको हो। उक्त समितिले एक साताभित्र समस्या समाधानसहितको रिपोर्ट बुझाउने प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

उनका अनुसार समिति आन्दोलनर नर्सहरुको २ जना प्रतिनिधि पनि रहनेछन्। समितिमा मेट्रोन उपेन्द्र यादव र कर्मचारी प्रशासनका उमेश कोइराला पनि राखिएको छ। ‘पाँच सदस्यीय समिति गठन भएको छ, एक साताभित्र समस्या समाधान हुने गरि रिपोर्ट बुझाउनेछ,’ डा.सापकोटाले भने। उक्त समितिमा नर्सिङ स्टाफहरुकोतर्फबाट सफला बुढाथोकी र रमा बस्नेत प्रतिनिधिकोरुपमा रहने भएका छन्। ‘समितिमा म र रमा बस्नेत हुनेछौं, आशा छ यो समितिले हाम्रो मागहरु पुरा गर्नेछ,’ नर्स बुढाथोकीले भनिन्।

कोरोना संक्रमितनर्सिङ स्टाफहरु बिहान उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई ज्ञापन पत्र बुझाउन गएका थिए। ज्ञापन पत्र बुझाउने क्रममा नै नर्सिङ प्रतिनिधिहरुसँग मागको बिषयमा उपकुलपतिसहितका चारै पदाधिकारीहरुबीच छलफल भएको हो। वार्तामा आन्दोलनरत नर्सहरुको १३ जना प्रतिनिधिहरु सहभागी थिए। उपकुलपति कार्यालयमा वार्ता भइरहदा बाहिर भने नर्सहरुले धर्ना दिएका थिए।

प्रतिष्ठानको कोभिड अस्पतालमा मात्र नभएर जनरल इर्मजेन्सी, गाइनो वार्ड, मेडिसिन, सर्जरी, डाइलाइसिस, आइसियुलगायतमा कार्यरत नर्सहरु पनि कोरोना संक्रमितको सम्पर्कमा आइरहेका छन्। क्लोज कन्ट्याकमा आएका नर्सहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था नगरिए पछि पटक पटक नर्सहरुले आन्दोलन गर्दै आएका छन्। साथै, उनीहरुले जोखिम भत्ता दिनुपर्ने, पिपिईको व्यवस्था गर्नुपर्ने, सरकारले वृद्धि गरेको तलब तत्काल दिइनुपर्ने, मास्क र पञ्जा पर्याप्त दिइनुपर्ने, कोरोना विमा गरिनुपर्नेलगायत १६ बुँदे माग अघि सारेका छन्। उनीहरुले बुधबारसम्म माग सम्बोधन नगरे बिहिबारदेखि डिउटीमा सहभागी नहुने चेतावनीसमेत दिएका थिए।  

प्रकाशित: १० भाद्र २०७७ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App