प्रदेश १ मा कोरोना भाइरसका १ सय ८ संक्रमित बुधबार थपिएका छन्। मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा ४३ जनामा संक्रमण देखिएकोे छ। संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् भने बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैँचामा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहवीमा २ पुरुष , धरानमा १ महिला, झापाको दमकमा ६ महिला ९ पुरुष, र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ। त्यस्तै तेह्रथुमको म्याङलुङमा ४ महिला ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ४० पुगेको छ। प्रदेश १ मा बुधबार ८१ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ। प्रदेश १ मा बुधबार १ हजार ३ सय ५७ जनाको पिसिआर परीक्षण गरिएको छ भने हालसम्म ८२ हजार १ सय २ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: १० भाद्र २०७७ ११:०५ बुधबार





