२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

जवर्जस्ती करणी गरेर असुरक्षित गर्भपतन गराउने पक्राउ

दलित किशोरीलाई जबरजस्ती करणी गरी असुरक्षित गर्भपतन गराउने र गराउन सहयोग गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले पक्राउ गरेको छ। जबरजस्ती करणी गर्ने रास्कोट नगरपालिका–४, वसन्तपुरका ५८ वर्षीय नमराज शाही, उनका छोरी ज्वाइ खगेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

नमराजकी छोरी राजी शाही भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षकुमार जोशीले जानकारी दिए। नमराजले जेठमा गर्भवती गराइ तीन महिनापछि ती बालिकाको असुरक्षित गर्भपतन गराएका थिए भने खगेन्द्र र राजीले सहयोगी भूमिका खेलाका थिए। उक्त घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। रास्कोट–४, सुनारबाढाकी १९ वर्षीया किशोरी नजिकैको पसलमा सामान किन्न गएका बेला मनराजले जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएका छन्। यो कुरा किशोरीले लुकाएकी थिइन्। एक्कासी पेट दुखेपछि स्वास्थ्य चौकी जाँदा उनको पेटमा तीन महिनाको गर्भ रहेको थाहा भएपछि उक्त विषय बाहिर आएको हो।

साथै सल्यान प्रहरीले जबरजस्ती करणी गर्ने एकजनालाई पक्राउ गरेको छ। तीजको नाच हेरेर घर फर्कंदै गरेकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने वनगाड कुपिण्डे नगरपालिका–९, स्वाराका कुलबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। बस्नेतले सोही ठाउँको रातोचौरस्थित जयन्ती भन्ने जंगलको गोरेटो बाटोमा बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० भाद्र २०७७ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App