मधेस प्रदेश सरकारको नीति कार्यक्रमः निर्वाहमुखीबाट व्यावसायिक खेतीतर्फ
मधेस प्रदेश सरकारले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम ०७९/०८० मा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ।
मधेस प्रदेश सरकारले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम ०७९/०८० मा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ।
चितवनमा बर्डफ्लुका कारण ३ लाख ५९ हजार ९९६ वटा पन्छी नष्ट गरिएको छ। तीन महिनाको अवधिमा ३४ वटा फर्मका कुखुरा, हाँस र बट्टाइ नष्ट गरिएको हो।
उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले मुआब्जा विवादले रेल मार्ग निर्माणको काम रोकिन नहुने बताएका छन्।
अहिले कोरोना संक्रमण कमजोर भएको छ। यही सहज मौका पारेर पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले विस्थापितको चरणमा रहेका पदमार्गलाई पुनः ब्यूँताउने प्रयास थालेको छ। त्यसको सुरुवात पर्वतको लेस्पारबाट सुरु गरेको छ।
रासायनिक मल अभावको मौका छोपेर गोरखामा ब्यापारीले किसान ठगेका छन्। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल जिल्लामा पठाउन नसकेको बेला केही ब्यापारीले महँगो पैसा लिएर किसानलाई मल बिक्री गरिरहेका छन्।
सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकामा रु ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ। अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ। यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन। तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो।
सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रूपैयाँ तोकिएको छ।
सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले ९३ करोड ७७ लाख अनुदान पाएका हुन्। चालु शीर्षकमा ७९ करोड तीन लाख र पूँजीगततर्फ १४ करोड ७४ लाख बजेट विनियोजन भएको हो।
घोराहीका मुख्य सडकमा एम्बुस थापेजस्ता खाल्डा परेको लामो समय बिते पनि मर्मत नहुँदा दंगालीहरू दिक्क भएका छन्।
कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी भारतीय र बंगलादेशी पर्यटकको आगमनमा सुधार भएको छ।
व्यवसायीले काम रोकेको पनि झण्डै ४० दिनभन्दा धेरै भइसकेको छ। उनीहरूले महासंघको अगुवाइमा अत्यावश्यक बाहेकअन्य पूर्वाधार निर्माणको काम ठप्प पार्दै कन्सट्रक्सन होलिडे घोषणा गरेर चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्।
कर्जा लगेर सिकर्मी, डकर्मी, रङरोगन, शिल्पकार, खुद्रा तथा किसाना पसल सञ्चालन गरेका छन्। कोषको सहयोगले स्वदेशमै श्रम, सीप, ज्ञान र सानो पुँजीबाट स्वरोजगार बन्न टेवा पुगेको छ।
मनाङको भ्राताङमा जिल्लाकै ठूलो स्याउ खेती उनकै छ। एग्रो मनाङ प्रालि उनैको हो। उनले ७३५ रोपनी क्षेत्रफलमा स्याउ खेती गरेका छन्।
निकै चासोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फका सम्पूर्ण काम सकिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती तथा वनक्षेत्रमा वन्यजन्तुबाट भएको मानवीय र भौतिक क्षतिको राहत दिन बजेट अभाव भएको छ।
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको चाहनाअनुसारको बजेट ल्याउने बताएका छन्।
२५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नुपर्नेमा अहिलेसम्म १ लाख ३५ हजार मात्र इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ। सरकारले पूर्वाधार तयार नगरीकनै जडान गर्न दबाब दिएको सवारीधनीको गुनासो छ।
धरान ८ का नरेन्द्रकुमार चौधरीले २०४६ सालदेखि निरन्तर टेम्पो चलाएर परिवारको गुजारा चलाइरहेका छन्। टेम्पोको टरर आवाज र ह्वास्स गह्नाउने पेट्रोलको गन्ध उनको दैनिकी थियो। चार महिना भयो, न उनको टेम्पो पहिला जस्तो कराउछ, न पेट्रोलको गन्ध नै छ।
नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ तीनताप्केमा निर्माण सम्पन्न भएको ५ महिना नहुँदै नालाको वाल भत्किएको छ। शनिबार दिउँसो करिब ४० मिटर लामो वाल भत्किएर नालीनै पुरिएको छ। सोही स्थानमा निर्मित वालको अन्य भाग समेत भत्किन सुरु भएको छ।
बाँकेमा नदीजन्य सामग्री अवैध रुपले उत्खनन गरिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका अन्तर्गत पर्ने विभिन्न स्थानमा अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको हो।
हरेक वर्ष सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा पूँजीगत खर्च बढाउने विषयलाई प्राथमिकतामा राखेको हुन्छ। विशेषगरी बजेट बनाउने अर्थ मन्त्रालयको हरेक दिनकै चासो विकास निर्माणको काम प्रभावकारी होओस् भन्ने नै रहन्छ। सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर नियमित बैठक एवं छलफल पनि हुन्छ।
वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले ताल सरसफाई गरिएको छ। लामो समयदेखि फोहोरको थुप्रोले भरिएको तालको शनिबार सरसफाई गरिएको हो। ६ वर्षअघिदेखि तालमा डुंगा प्रयोग नहुँदा फोहोरको डंगुरले भरिएको थियो।
उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो। यसको लागि आफू जे पनि गर्न तयार छु। यो जनार्दन शर्माको प्रतिबद्धता हो। शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो।’