चुमनुब्री गाउँपालिकाको मत गणना अझै सुरु हुन सकेन
आईतबार बिहान मत पेटिका सबै गाउँपालिकाको केन्द्र सिर्दिबासमा संकलन भएपनि सर्वदलीय बैठकले मत गणना सुरु गर्ने निर्णय गर्न नसक्दा ढिलाई भएको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए।
आईतबार बिहान मत पेटिका सबै गाउँपालिकाको केन्द्र सिर्दिबासमा संकलन भएपनि सर्वदलीय बैठकले मत गणना सुरु गर्ने निर्णय गर्न नसक्दा ढिलाई भएको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए।
बंगलाचुली गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ। यो पालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तुलसीपुराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्त बहादुर जिसी निर्वाचित भएका हुन्।
तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै नेकपा एमालेका उम्मेद्वारले जितेका छन्। गाउँपालिका अध्यक्षमा होमबहादुर थापाले चार हजार ३३१ मत प्राप्त गरी विजयी भएका हुन्।
पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेदवार विजयी भएका छन्।
डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित भएका छन्। एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन्।
मतगणना सम्पन्न बैतडीका स्थानीय तहमा कांग्रेस र एमालेको मिश्रित नतिजा आएको छ। कांग्रेसले अध्यक्ष जितेका दुई पालिकामा उपाध्यक्ष एमालेले जितेको छ।
विराटनगरका वडामा मिश्रित परिणाम आएको छ। हालसम्म अन्तिम परिणाम सार्वजनिक भएका ४ वटा वडामा कांग्रेस, एमाले, जसपा र स्वतन्त्र १–१ वटा वडामा निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले २ हजार ५९ मत प्राप्त गरेका छन्। दुई प्रमुख प्रतिस्पर्धीबीच करिब २ हजार ५ सय ९८ मतको फरक देखिएको छ।
धरानको मेयरमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ।
अहिलेसम्म चार सय ९६ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ। त्यसपछि बदर भएको मत बराबर अरु दलले मत ल्याउन सकेका छैनन्। यति मात्र होइन जिल्लाका अधिकांश वडामा यसरी नै मत बदर भएको देखिन्छ।
नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ५ को वडाध्यक्षमा पराजित भएका छन्।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फ माओवादीतर्फ केन्द्रका उम्मेदवार बिजयप्रकाश वनेम विजयी भएका छन्। २ हजार ६ सय ९ मत प्राप्त गर्दै उनी विजयी भएका हुन्। एमाले किल्ला भनिदैं आएको मैवाखोलामा यसपटक गठबन्धनले किल्ला भत्काएको छ।
जनकपुरधाम उपमहानगरपालिकामा दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार अगाडि भएका छन्।
अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र सबै वडासदस्य पदमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन्।
ताप्लेजुङका ६१ वटा वडाहरुमा जनप्रतिनिधि चयनको क्रममा यसपटक सिमित नतिजा आएको छ। एमालेले २१ जना वडाध्यक्ष जितेको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का उम्मेदवार विजयी भएका छन्।
कास्कीको रुपा गाँउपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन्।
पाल्पाको माथागढी गाउँपालिकामा नेपाल कम्प्युनिष्ट पार्टी एमालेका उम्मेदवार वियजी भएका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ‘क्लिनस्वीप’ गरेको गाउँपालिकामा एमाले विजयी भएको हो।
दार्चुलाको दुहुँ गाउँपालिकामा नेकपा एमालेका नरेन्द्र बहादुर वडाल विजयी भएका छन्। नेपाली कांग्रेसमा पुलेन्द्रबहादुर कार्कीलाई ९० मतान्तरले पराजित गर्दै वडाल विजयी भएका हुन्।
इलामका १० मध्ये ९ पालिकामा मतगणना भइरहेको छ। माङ्सेबुङ गाउँपालिकाको नतिजा आइसकेको भने ४ नगरसहित ५ गाउँपालिकाको गणना जारी छ।
गाउँपालिका अध्यक्षमा बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन्। अध्यक्ष भट्टले ५७१९ र उनको प्रतिद्वन्द्वी कांग्रेसका जितबहादुर घलेले ४८६४ मत ल्याए।
आज बिहान मतगणना सम्पन्न हुँदा एमालेबाट वडाअध्यक्षका उम्मेद्वार धनबहादुर राई ८२६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी चन्द्र कुलुङले ६१२ मत प्राप्त गरे।
राजनीति गर्ने व्यक्तिहरुले धेरै पढेलेखेका हुँंदैनन् भन्ने नेपाली मान्यतालाई गलत सावित गरिदिएका छन् भक्तपुर नगरपालिका वडा नं ६ मा नवनिर्वाचित वडा अध्यक्ष डाक्टर हरिराम सुवाल।
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गएरातीसम्म झिनो मतान्तरलेअघि रहेका उनले सोमबार विहानसम्म आईपुग्दा मतान्तर बढाएर ३ सय ६६ पुर्याएका हुन्।