आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा खर घासमा जलाएर एक जना एकल महिलाको हत्या गरिएको छ। बारिलकी स्थानीय ४५ वर्षीया अनिभा खडायतको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताएका छन्।