१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दार्चुलाबाट मन्त्री बडू विजयी

एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छ्न्। उनी २३ वर्षपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा विजयी भएका हुन्।

बडूले २८ हजार पाँच सय १५ मत प्राप्त गर्दा उनका  निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)  का गणेशसिंह ठगुन्ना २६ हजार तीन सय ८१ मत ल्याएर पराजित भए। मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको थियो।

मन्त्री बडू एमालेका ठगुन्नाभन्दा दुई हजार एक सय ३४ मत बढी ल्याएर विजयी हुँदा ठगुन्ना यसअघि २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। यस्तै दार्चुलामा प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (२) मा सत्ता गठबन्धनकै माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App