६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इक्वेडरको जेलमा झडप हुँदा आठ कैदीको मृ*त्यु

इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। सुधार अधिकारीहरूका अनुसार कोटोपाक्सी कारागारमा चार र पिचिनचा कारागारमा थप चार जनाको मृत्यु भएको हो।

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ। केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका छन्। उनीहरूले जेलबाटै हत्या र जबर्जस्ती असुलीजस्ता आपराधिक गतिविधिको आदेश दिने गरेका छन्।

अधिकारीहरूले पछिल्लो झडपमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई अधिकतम सुरक्षा व्यवस्था भएको ‘एल एन्कुएन्ट्रो’ कारागारमा सारिने बताएका छन्। राष्ट्रपति डानियल नोबोआको सरकारले देशका सर्वाधिक खोजीमा रहेका अपराधीलाई राख्न उक्त कारागार निर्माण गरेको हो। एएफपी

प्रकाशित: ६ कार्तिक २०८३ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App