१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दार्चुलामा २१ जनाको उम्मेदवारी दर्ता, गठबन्धन बाट दुई वहालवाला मन्त्री उम्मेदवार

दार्चुलामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा  प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन। प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नौँ जनाले र प्रदेशसभा क्षेत्र (क) मा छ जना र क्षेत्र (ख) मा छ जनाले गरि जम्मा २१ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गणेशसिंह ठगुन्ना, राप्रपा नेता नरेन्द्रसिंह धामी, नेमकिपाका विश्वराम दुवाल, राप्रपा नेपालका देववहादुर बम, नेशनल्स पिपुल्स पार्टीका धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीका तारा दत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चका रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीका रबिन्द्रसिंह धामीले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताउका छन।

प्रदेशसभा क्षेत्र (क) मा गठबन्धनको तर्फबाट कांग्रेसका महासमिति सदस्य बिक्रमसिंह धामी, एमाले प्रदेश कमिटी सचिवालय सदस्य हरदेब जोशी, स्वतन्त्र उम्मेदवार शंकरसिंह धामी, राप्रपा नेता चक्रबहादुर बम, संघीय लोकतान्त्रिक मञ्चका नन्दी कामी र नेपाली कांग्रेस बिपिका राजेन्द्रप्रसाद बडू शर्माले उम्मेदवारी दर्ता गराएका छन भने प्रदेशसभा क्षेत्र (ख) मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी, एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवं पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्ना, राप्रपाका अमरसिंह धामी, संघीय लोकतान्त्रिक मञ्चका गगन ठगुन्ना र स्वतन्त्र बहादुरसिंह धामीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन।

दिनभरीको अविरल झरीका बिच उम्मेदवारी मनोनयन दर्ता पश्चात् अधिकांश उम्मेदवारले  कुनै जुलुस,झाँकी नगरी हलमा मात्रै कोणसभाको आयोजना गरि मतदाताको नाममा सम्बोधन गरेका छन। सम्बोधनका क्रममा उम्मेदवारहरूले मङ्सिर ४ गते हुने निर्वाचनको तयारीमा खटिन नेता, कार्यकर्ताहरूलाई  आग्रह,अनुरोध र निर्देशन  गरेका छन।

प्रकाशित: २३ आश्विन २०७९ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App