४ वैशाख २०८१ मंगलबार
समाज

दार्चुलामा ६५ प्रतिशत मत खस्यो

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९  दार्चुलामा मतदान शान्तिपूर्ण,उत्साहजनक रुपमा सम्पन्न भएको छ। एक मात्र प्रतिनिधि सभा र दुई प्रदेश सभा निवार्चन क्षेत्र रहेको जिल्लामा करिब ६५ प्रतिशतको औसतमा मतदान भएको छ। 

जिल्लाका एक सय १२ मतदान स्थलका एक सय ४१ मतदान केन्द्र र दुई अस्थायी केन्द्रहरुमा मतदान शान्तिपूर्ण मर्यादित र शौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताएका छन्। मतपेटिकाहरु सुरक्षित रुपमा जिल्ला सदरमुकामको मतगाणना केन्द्रमा ढुवानी गर्ने कार्य भइरहेको छ। दार्चुलामा कुल ८९ हजार एक सय ५४ मतदाता रहेकोमा  अहिलेसम्म प्राप्त विवरण र केही मतदान केन्द्रहरुको फोन सेवा अवरुद्ध हँुदा सम्पर्क हुन नसकेको  प्रारम्भिक तथ्यांक प्राप्त भएको प्रहरीले जनाएको छ।  

आइतबार सम्पन्न मतदानमा केही छिटपुट घटना बाहेक उत्साहपूर्ण सहभागिताका साथ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्यका लागि  गठबन्धनको तर्फबाट उम्मेदवार रहेका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री  दिलेन्द्र प्रसाद बडुले महाकाली नगरपालिका वडा न.ं ५ अपी नाम्पा संरक्षण क्षेत्र  परिसर मतदान केन्द्रबाट मतदान गरेका छन। सोही मतदान केन्दबाट नेकपा एमालेबाट उम्मेदवार रहेका एमाले पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री गणेश सिंह ठगुन्ना र माओवादी केन्द्र  सुदुरपश्चिम प्रदेश सह इन्चार्ज  तथा पूर्व सभासद लक्ष्मण दत्त जोशीले समेत मतदान गरेका छन्।

मतपेटिकाहरु सुरक्षित रुपमा ढुवानी गर्ने कार्य भइरहेको छ। आसपासका मतदान केन्द्रहरुका मतपेटिकाहरु सदरमुकाम आउन सुरु भइसकेका छन् भने अधिकांश मतपेटिका केही घण्टा भित्र नै  पुर्याउने गरी रुट तय गरी भित्रिने क्रम जारी रहेको छ भने भौगोलिक विकटता तथा यातायातको कम पहुँचका कारण ब्याँस  गाउँपालिका र अपीहिमाल गाउँपालिकाका मतपेटिका सोमबार मात्रै सदरमुकाम आइपुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। महेन्द्र नमुना मावि खलंगामा तयार पारिएको मतगणना स्थालहरुमा संकलित मतपेटिकाहरु पुगिसकेपछि सवैदलीय बैठक बसेर मतगणना सुरु गरिने तयारी भइरहेको छ।

प्रकाशित: ४ मंसिर २०७९ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App