वनको पैसा ठेकेदारदेखि वडाध्यक्षसम्म बाँडियो !
शिवपार्वती सामुदायिक वनको १ करोड ७९ लाख रुपैयाँ मध्ये ५७ लाख ६१ हजार रुपैयाँ काठ व्यवसायी तथा संकलनकर्ता भरत थापा र ८ लाख ६५ हजार रुपैयाँ वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरलाई गत पुस महिनामा सापटी दिएको वनका अध्यक्ष किशोर खप्तडी मगर बताउँछन्।