६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

बैंङ्गलोर हिँडेको ट्राभल्सको गाडिले पलिया लगेर छाड्यो अलपत्र !

भारतको पलियामा अलपत्र परेका नेपाली मजदुरहरू। तस्बिरः पुष्पराज जोशी/नागरिक

रोजगारीका लागि भारतको बैंङ्गलोर जाने भनेर हिँडेका अछामको कमलबजारका रमेश बोहरा भारतको पलिया बजारमा अलपत्र छन्। उनले धनगढीको बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा नेपाल सम्पर्कको कार्यालय रहेको टेडी टूर एण्ड ट्राभल्स प्रा.लि.मा बसको टिकट ३५ सय भारतीय रुपैयाँको टिकट काटे। सीमा नाका गौरीफन्टाबाट सोमबार दिउँसो बैंङ्गलोर जाने भनेर बसमा बसेका उनी बेलुकी पलिया बजार पुगे। पलियामा उनीलाई ट्राभल्स प्रा.लि.ले अलपत्र छाडिदियो। रातभर जाडोमा सडकमै बिताएका उनी मंगलबार बेलुकीसम्म पलिया बजारमै अलपत्र छन्।

उनी मात्रै हैनन् सँगै गएका ७० जना यात्रुहरू सोमबार बेलुकीदेखि पलिया बजारमा अलपत्र छन्। उनीहरुलाई ट्रभल्स एजेन्सीले भारतको पलिया बजारमा अलपत्र छोडेर एजेन्सीका सम्पर्क व्यक्ति फरार भए। ट्राभल्स एजेन्सीले बाटोमै अलपत्र छाडेपछि बोहरासँगै बैंङ्गलोर जाने ७० जना यात्रु सोमबारदेखि अलपत्र परेका छन्। धनगढीबाट सिधै बैंङ्गलोर पु¥याउँछु भनेर टिकट कटाएको टेडी टूर एण्ड ट्राभल्स एजेन्सीले बीचबाटोमै अलपत्र छोडेको बताउँदै उनले भने, ‘भएभरका सबै रुपैयाँ पलियामै सकिन थाल्यो, अब अर्को गाडी खोजेर गन्तव्यमा जाने तयारी गर्दैछौँ।’

उनले धनगढीस्थित ट्राभल्स एजेन्सीलाई आफूले फोन गर्दा पनि सम्पर्कमा नआएको बताए। उनले भने,‘नेपालीले नै धनगढीको बसपार्कको न्यू अछाम नेशनल गेष्ट हाउसमा ट्राभल्स एजेन्सी खोलेर नेपालीलाई नै ठगी गरिरहेका छन्। त्यस्ता ठग एजेन्सीलार्ई सरकारले कारबाही गरोस्।’ आफूहरूले धनगढीदेखि बैंङ्गलोरसम्मको गाडी भाडा काटेको बताउँदै उनले भने,‘पलियामै अलपत्र छाडेपछि हामी ट्राभल्स एजेन्सीबाटै लुटियौँ।’

उनी मात्रै हैनन् एक साता अघि पनि टेडी टूर एण्ड ट्राभल्सबाट टिकट काटेर भारतका विभिन्न सहर हिँडेका नेपालीहरू पलिया बजारमै अलपत्र छाडिएको थियो। पलियामा अलपत्र परेका ७ जना यात्रु फर्केर धनगढी आएका थिए। आफूहरूले धनगढीबाट टिकट लिएर बैंङ्गलोर पुगाउने भने पनि भारतको पलियामा रिजर्भमा लिएको बसले धोका दिएको एजेन्सीका विनोद चेमजोङले बताए। उनले भने,‘हामीलाई बसले धोका दियो, त्यही भएर समस्या भयो।’ 

प्रकाशित: ४ मंसिर २०८१ १७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App