८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तह उप निर्वाचन: कैलाली जिससमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले जिसस प्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी भुल निर्विरोध निर्वाचित भएकी हुन् । 

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार नागरिक उन्मुक्ति पार्टीकी रुपमतीले बुधवार दिउँसो साढे १२ बजे उम्मेदवारी फिर्ता लिएपछि भुल निर्विरोध निर्वाचित भएकी हुन् । ‘बुधवार बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको थियो,’ भट्टले भने,‘नागरिक उन्मुक्तिकी रुपमतीले साढे १२ बजे उम्मेदवारी फिर्ता लिइन् ।’

 नागरिक उन्मुक्ति पार्टीका सङ्गठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताहरूको उपस्थितिमा रुपमतीले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी हुन् । 

नेपाली काङ्ग्रेसबाट जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उप–निर्वाचन भएकाे हाे । 

प्रकाशित: ५ मंसिर २०८१ १६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App