६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

फेरी बस्यो देउवानिकट ६ भाइको बैठक

कांग्रेसको १५ औँ महाधिवेशनमा एकताबद्ध भएर जाने र देउवाको उत्तराधिकारी आफैभित्रबाट हुनुपर्ने भन्दै एक ठाउँमा बसेर उनीहरू छलफल गर्दै आएका छन्।

कांग्रेस सांसदको टिप्पणी: नेपालको बजेट ऋणमुखी, शासन शोषणमुखी

‘हालै गभर्नरको बिदाले बजारमा अस्थिरता र अविश्वासको माहौल छोड्यो। मौद्रिक नीतिमा स्पष्टता नभएकाले लगानीकर्ता, व्यवसायी र सर्वसाधारण सबै तहमा अन्यौलता बढेको छ,’ सांसद बजगाईँले भने।

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले पर्सि शनिबार बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् ।

सगरमाथाबाट शर्माको सन्देश: भारत-पाक युद्धको दर्शक बन्ने छुट छैन

महामन्त्री शर्मा हिमाल यात्रामा निस्किएकै बेला छिमेकी मुलुक भारत र पाकिस्तान युद्धोन्मुख छन्। जम्मुको पहलगाममा भएको आतङ्कवादी हमलापछि बढेको दुई देशबिचको तनाव अहिले सीमा पार आक्रमण–प्रत्याक्रमणसम्म पुगेको छ।

कांग्रेसनिकट मगर संघको महाधिवेशन साउन ३० र ३१ मा

नेपाली कांग्रेसको भातृसंस्था नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशन आउँदो साउन ३० र ३१ गते हुने भएको छ। शुक्रबार सभापति दिनेश थापामगरको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो।

यस्ता छन्, कांग्रेस संसदीय दल बैठकका निर्णय

सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय समितिको बैठकले नीति तथा कार्यक्रम, बजेट, शिक्षकसँग भएका सहमतिलगायतका विषयमा छलफल गरी निर्णयमा पुगेको हो।

कांग्रेसको पार्टी कार्यालय आइडियाको केन्द्र हुनुपर्छ: महामन्त्री थापा

‘नेपाली कांग्रेसको यो कार्यालय आइडियाको केन्द्र हुनुपर्छ,’ उनले भने,‘विमर्शको केन्द्र हुनुपर्छ। यो विचारको, मन्थनको, चिन्तनको केन्द्र हुनुपर्छ।’

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित

सभापति शेरबहादुर देउवा पारिवारिक भ्रमण तथा स्वास्थ्य उपचारका लागि बैंकक गएपछि बैठक अनिश्चित बनेको हो । कांग्रेसको केन्द्रीय समिति बैठक यहीँ वैशाख १७ गते बस्न तयारी थियो ।

कांग्रेसलाई माओवादी नेताको ‘अफर’: ओली प्रवृत्ति अस्वीकृत भइसक्यो, सरकार बनाउन सहयोग गर्छौँ

अहिले कांग्रेसले जिम्मेवार दलको भूमिका निर्भर गर्न नसक्दा देशमा अझै निराशा बढेको बताउँदै उनले त्यसमा समेत हुन पनि कांग्रेसलाई सुझाए।

महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

महिला संघकी तदर्थ समिति संयोजक उषा मिश्र राउतले मनोमानी गरेको भन्दै असन्तुष्ट उनीहरुले आफ्ना माग सम्बोधन नभएको भन्दै बुधबार राजीनामा बुझाएका हुन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक आह्वानः वैशाख १७ गतेदेखि बस्दै

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकको आह्वान गरेको छ। वैशाख १७ गते बुधबाट केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कांग्रेसले केन्द्रीय समिति बैठकको आह्वान गरेको हो।

गगनको सुझाव: दाइहरूका नाममा नबाँडिनुस्, महाधिवेशनमा को कससँग मिल्छ थाहा छैन

‘अहिल्यै फलानो दाइका नाममा, ढिस्कानो दाइका नाममा तपाईँहरू कोही पनि नबाँडिनुहोला,’ गगनले भने, ‘ती माथिका दाइहरू कति बेला कोसँग मिल्छन् तपाईँहरूलाई थाहा छ ?’

शेखरको भनाइमा देउवा सहमत: सहकारीका* नाममा धेरै बदनामी भइरहेका छन्

शनिवार सभापति देउवासँग मञ्च सेयर गर्दा पनि शेखर उसै गरी सुनिए। तर तुलनात्मक रूपमा सन्तुलित तवरले आफ्नो धारणा राखे। त्यसमा पनि उनले ‘कांग्रेस सत्तामा रहे पनि सरकारमा नरहेको’ भन्दै उनले टिप्पणी गरे।

शिक्षक आन्दोलनबारे विश्वप्रकाशको ‘७ बुँदे’ धारणा: माग आत्मसात् गर्न आह्वान

अन्तिम बुँदामा शर्माले अविलम्ब अन्य सबै काम थाँती राखेर विशेष तदारुकता राख्दै शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजनिक आह्वान गरेका छन्।

नेपाली कांग्रेस बीपी पनि राजसंस्थाको पक्षमा, गंगा चौधरीसमेत मिसिइन्

नेपाली कांग्रेस 'बीपी' ले डा. जगमान गुरुङ नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गर्ने राजावादी आन्दोलनमा ऐक्यबद्धता र समर्थन जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्