ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का उम्मेदवार विजयी भएका छन्।
अन्य ४ वडासदस्य भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। त्यहाँ संघीय लिम्बूवान राज्य परिषद्का पूर्णकुमार ताम्लिङ वडाध्यक्ष बनेका छन्।
अमृता लिम्बू,कमला लकान्द्री,भुवानी बुढाथोकी र रणबहादुर बिष्ट स्वतन्त्रबाट वडासदस्य निर्वाचित भएका छन्। पहिले त्यहाँ एमालेले जितेको थियो।
प्रकाशित: २ जेष्ठ २०७९ ०८:४६ सोमबार





