४ पुस २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

बंंगलाचुलीमा माओवादी,राजपुरमा कांग्रेस विजयी

सोमबारसम्म जिल्लाका दुई  गाउँपालिकाको मत गणना सकिएको छ। अन्य ६ स्थानीय तहको मतगणना भइहेको छ। बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाको मतगणना सकिएको हो।

बंगलाचुली गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ। यो पालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तुलसीपुराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्त बहादुर जिसी निर्वाचित भएका हुन्। 

पुन ५ जार ७ सय ४९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिष्पर्धी एमालेका भेषराज खत्रीले ३ हजार ६ सय ७८ मत प्राप्त गरे। यसैगरी उपाध्यक्षमा कांग्रेसका जिसी ५ हजार ९ सय ४५ मत प्राप्त गर्दै निर्वाचित भए भने एमालेकी सरस्वता घर्तीले ३ हजार २ सय ६५ मत प्राप्त गरिन् । यो पालिकामा १० हजार ७ सय ३३ मत खसेको थियो।  यो पालिकामा २०७४ को निर्वाचनमा पनि नेकपा माओवादी केन्द्र निर्वाचित भएको थियो।

यसैगरि जिल्लाको राजपुर गाउँपालिकामा कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस निर्वाचित भएको हो। अध्यक्षमा शरद बुढाथोकी ३ हजार ९ सय ८० मत प्राप्त गर्दै विजयी भए।

उनका प्रतिस्पर्धाी माओवादीका चक्र बहादुर खडकाले ३ हजार १ सय ६८ मत प्राप्त गरे। यसैगरी उपाध्यक्षमा कांग्रेसकै धनपति यादव ३ हजार ८ सय ३६ मत प्राप्त गर्दै बिजयी भइन्। माओवादीकी पुष्पा यादवले ३ हजार ३ सय ४८ मत प्राप्त गरिन्।

प्रकाशित: २ जेष्ठ २०७९ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App