८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

पाल्पाको माथागढीमा एमाले वियजी

कांग्रेसको गढ मानिने माथागढीमा एमालेका चिदी र लुङ्चे वियजी

पाल्पाको माथागढी गाउँपालिकामा नेपाल कम्प्युनिष्ट पार्टी एमालेका उम्मेदवार वियजी भएका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ‘क्लिनस्वीप’ गरेको गाउँपालिकामा एमाले विजयी भएको हो।  

माथागढी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यम बहादुर चिदीले ६ हजार १ सय ९ मत प्राप्त गरि विजय भए। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका सन्तोष कुमार थापाले ५ हजार ५ सय ५४ मत गरे।  

यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकै बिष्णुमाया लुङचे ५ हजार ८ सय ८२ मतसहित विजयी बनिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी विजयाकुमारी भट्टराईले ५ हजार ६ सय ४४ मत प्राप्त गरिन्। नेपाली कांग्रेसका सचिव समेत रहेका सन्तोष कुमार थापाको पराजय भएसँगै कांग्रेसका कार्यकर्ता तथा नेताहरु अन्तर्घात भएको आरोप पत्र्यारोपमा छन्।  

२०७४ सालको निर्वाचनमा माथागढी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य कांग्रेसबाटै विजयी भएका थिए। १९ हजार ३ सय ४७ मतदाता रहेको माथागढी गाउँपालिकामा १३ हजार ३ सय १ मत खसेको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App