गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
गाउँपालिका अध्यक्षमा बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन्। अध्यक्ष भट्टले ५७१९ र उनको प्रतिद्वन्द्वी कांग्रेसका जितबहादुर घलेले ४८६४ मत ल्याए।
यस्तै उपाध्यक्षमा विजयी गुरुङले ५७६५ मत ल्याईन भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लेखमाया रानाले ४५७५ मत ल्याईन्।
अध्यक्ष उपाध्यक्ष दुबै जना दोस्रो कार्यकालका लागि बारपाक सुलिकोटमा निर्वाचित भएका हुन्। वडा नम्बर २,४, ५,६,७,माओवादी केन्द्र विजयी बनेको छ भने वडा नम्बर १, ३, ८ मा नेपाली कांग्रेस बिजयी बनेको छ।
प्रकाशित: २ जेष्ठ २०७९ ०७:२१ सोमबार





