तनहुँमा १५ वडाको मतगणना सकियो, एमालेलाई पछ्याउदै कांग्रेस
हालसम्म आएको वडाको मतपरिणाममा नेकपा एमाले अगाडी छ। एमालले सात वडा जित हासिल गरेको छ। पछ्याइरहेको नेपाली कांग्रेस छ र माओवादी केन्द्र दुई वडामा विजयी भएका छन्।
हालसम्म आएको वडाको मतपरिणाममा नेकपा एमाले अगाडी छ। एमालले सात वडा जित हासिल गरेको छ। पछ्याइरहेको नेपाली कांग्रेस छ र माओवादी केन्द्र दुई वडामा विजयी भएका छन्।
अपी हिमाल गाउँपालिकामा नेकपा माओवादी केन्द्रका भगत सिंह ठेकरे (बोहरा) विजयी भएका छन्। ठेकरे २ हजार ३ सय ४ मतका साथ विजयी भएका छन्।
कपिलवसतुको बुद्धुभुमी नगरपालिकामा– १ मा कांग्रेसका लितक बस्नेत दोश्रो पटक वडाध्यक्षमा निर्वाचित भएका छन्।
सत्ता गठबन्धनले भागबण्डा गर्दा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई भागमा परेपछि सोही पदको आकांक्षासहित चुनावी मैदानमा उत्रिएका ताप्लेजुङका दुई उम्मेदवार पराजित भएका छन्।
उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुलाई १२१ मतान्तरले पराजित गरे। अध्यक्षमा विजयी राईले ७४८ मत पाउदा प्रतिद्वान्दी लिम्बुले ६२७ मत मात्र पाए।
नेकपा एमालेका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धरले ३१०५ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा गठबन्धनका नेकपा माओवादीका मिठु लम्सालले ३५०४ सहित अगाडि रहदाँ नेकपा एमालेका इन्द्रकुमारी थापा रानाले ३११४ मत प्राप्त गरेका छन्।
नेकपा माओवादी केन्द्रले १४ वटा वडा जितेको छ। नेपाली कांग्रेसले १० वटा वडामा विजयी हाँसिल गरेको छ भने एमाले ३ र जनता समाजवादी पार्टी एउटा वडामा बिजयी भएको छ।
जनकपुरधामको मेयरका आकांक्षी नेपाली कांग्रेसका जनकपुरधाम नगर अध्यक्ष मनोजकुमार साह सत्ता गठबन्धनको यस निर्णयबाट रन्थनिए। उनी ‘बागी’ बनेर जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए।
कैलालीका तीन वटा पालिकामा हालसम्मको मत गणना अनुसार नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। सो पार्टीले टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर गाउँपालिकामा अग्रता लिएको हो।
वडा नं २ को अध्यक्षमा एमालेका उम्मेद्वार रमेश राई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुलाई १२१ मतान्तरले पराजित गरे।
स्याङजाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रतालाई कायमै राखेको छन्। गल्याङ नगरपालिकामा नेपाली काँग्रेसको तर्फकबाट प्रमुखका उम्मेदवार गुरु भट्टराईले नेकपा एमालेका नगर प्रमुखको प्रत्यासीसँगको मतान्तर झण्डै १ हजार छ।
बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहरा विजयी भएका छन्। उनले ६ सय ७५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उज्वल बोहराले ६ सय १३ मत ल्याए।
बाराको दुई उपमहानगरपालिकामा मतगरणा कार्य जारी छ। १६ मध्ये १५ स्थानीय तहमा जारी मतगरणा अनुसार कलैया उपमहानगरपालिकामा एमालेका बिनोद साहले १२९५ मतसहित अग्रता लिएका छन् भने गठबन्धन तर्फमा उम्मेदवार राजेश राय यादवले ७१७ मतसहित साहलाई पछ्याएका छन्।
माइजोगमाई गाउँपालिमा २ को वडा सदस्यमा गठबन्धनका रमेश राई (८१५) विजयी भए। राई जिल्लाभरमा अहिलेसम्म नेकपा (एस)बाट विजयी हुने पहिलो जनप्रतिनिधि हुन्।
आईतबार सकिएको मतगणना अनुसार ७१२ मतान्तरले माओवादी केन्द्रका देवबहादुर पुनलाई पछि पार्दै बुढा दोस्रो कार्याकालका लागि अध्यक्षमा विजयी भएका हुन्।
ललितपुर महानगरपालिका १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका हुन्। पुतली चुनाव चिन्हबाट उठेका तण्डुकारले ६६१ मत ल्याए।
सुनसरीमा एमालेका तीन जना वडाध्यक्ष विजयी भएका छन्। धरान उपमहानगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन्।
पोखरा महानगरपालिकाको सार्वजनिक गरिएको मत गणनाको मत परिणाम अनुसार पाँचदलीय गठबन्धनका साझा उम्मेदावर धनराज आचार्य तथा उपप्रमुखमा नेपाली काँग्रेसकी कोपिला रानाभाटले अग्रता लिएका छन्।
दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।
काठमाडौँको महानमहानगरपालिकाको मेयर पदमा बालेनको अग्रता कायमै रहेको छ। बालेन साहले २६०१ मत प्राप्त गरेका छन्।
नेपालगन्ज उपमहानगरपालिकाको मतगणना कछुवा गतिमा चलिरहेको छ। फितलो व्यवस्थापनका कारण गणना कार्य द्रुत गतिले अगाडी बढ्न नसकेको हो। मतगणना ढिलो हुँदा मतपरिणाम सुन्न बाहिर बसेका सर्वसाधारण आक्रोशित भइरहेका छन्।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ। वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो।
नेकपा एमालेकी प्रमुख पदकी उमेदवार राजमति इङनामले २ हजार ६ सय ९८ मतकासाथ अग्रता लिएकी छिन्।
धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस उम्मेदवार विजय भएका छन्। वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको तेजीलाल यादव ६५९ मत ल्याएर निर्वाचित भएका हुन्।