३ चैत्र २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

तनहुँमा १५ वडाको मतगणना सकियो, एमालेलाई पछ्याउदै कांग्रेस

हालसम्म तनहुँका १४ वडाको अन्तिम मतपरिणाम आएको छ। जिल्लाको १० स्थानीय तहमध्ये नौ स्थानीय तहको ७१ वडाको मतगणना सुरु भएकोमा १५ वडाको सकिएको हो। व्यास नगरपालिकाको १४ वडाको मतगणना जेठ ४ गतेपछि मात्रै हुनेछ।  

हालसम्म आएको वडाको मतपरिणाममा नेकपा एमाले अगाडी छ। एमालले सात वडा जित हासिल गरेको छ। पछ्याइरहेको नेपाली कांग्रेस छ र माओवादी केन्द्र दुई वडामा विजयी भएका छन्।

हालसम्म म्याग्दे गाउँपालिकाको तीन वडाको अन्तिम मतपरिणाम आएको छ। म्याग्दे गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मणिभद्र वाग्ले विजयी भएका छन्। आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार वाग्ले ६९९ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गरे। स्वतन्त्र अध्यक्ष उम्मेदवार विष्णुबहादुर थापाले दुई सय ८१ मत प्राप्त गरेका छन्।

म्याग्दे–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवबहादुर क्षेत्री निर्वाचित भएका छन्। उनले ८८९ मत प्राप्त गरी विजय हुदाँ प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गरेका छन्।  

म्याग्दे–३ को वडाध्यक्षमा नेकपा एमालेका टुकराज अधिकारी विजयी भएका छन्। ६६१ मत प्राप्त गरी अधिकारी विजयी भएका हुन्। उनका प्रतिष्र्धी नेपाली कांग्रेसका बलराम भट्टराईले ५८७ मत प्राप्त गरे।

भिमाद नगरपालिकाको तीन वडाको मतपरिणाम आएको छ। भिमाद–१ को अध्यक्षमा कांग्रेसका दिप आले विजयी भएका छन्। आलेले एक हजार ५९ मत प्राप्त गरी विजयी भएका हुन्। प्रतिस्पर्धी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गरे।  

भिमाद–२ मा एमालेका दिनेश कुमार थापाले एक हजार ५६१ मत ल्याएर भारी मतान्तरका साथ वडा अध्यक्षमा विजयी भएका छन्। उनका प्रतिष्पर्धी कांग्रेसकाल भिमबहादुर थापाले ८३७ मत पाए।  

भिमाद–३ को वडाध्यक्षमा एमालेका पदमबहादुर सेन ठकुरी ६३१ मत प्राप्त गरी विजय भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धनबहादुर थापाले ५०४ मत प्राप्त गरे।

शुक्लागण्डकी नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका रविचन्द्र पौडेल विजयी भए। पौडेलले एक हजार ११३ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका रघुनाथ पौडेलले ८४२ मत पाए। शुक्लागण्डकी–४ को अध्यक्षमा कांग्रेसका राजकुमार वाग्ले विजयी भएका छन्। वाग्लेले ७७८ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी एमालेका विष्णुबहादुर रानाले ६४८ मत ल्याउदै पराजित भए।

देवघाट गाउँपालिका–१ मा नेकपा एमालेका मनिराज गुरुङ ८९८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुक्तिलाल थापा मगरले ६३४ मत प्राप्त गरे। देवघाट–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर राना ८५८ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरल ६७५ मत प्राप्त गरे।

घिरिङ गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसका रविचन्द्र घोरासिनी एक हजार १२८ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद ढकालले ९१२ मत प्राप्त गरे। घिरिङ २ मा नेकपा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित भएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णुवीर थापाले मात्र ५७ मत प्राप्त गरे।

ऋषिङ गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका कुश थापा ८३१ म्त ल्याउदै विजयी भए। निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका खिमबहादुर थापाले आठ सय २६ मत प्राप्त गरे।  ऋषिङ–२ मा कांग्रेसका दलबहादुर थापा ४६१ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर थापाले तीन सय ४९ मत प्राप्त गरे।

आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ ८५१ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका किसन थापाले ४१५ मत प्राप्त गरेका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App