२ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

जुम्लामा यातायात भाडा समायोजन

जुम्लामा सार्वजनिक यातायातका साधनको मनपरी भाडा लिने प्रवृत्तिलाई अन्त्य गर्दै दूरीका आधारमा नयाँ भाडादर कायम गरिएको छ।

जिल्ला प्रशासन कार्यालयको पहलमा यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने र अनिवार्य टिकट काट्नुपर्ने नियमसहित भाडा समायोजन गरिएको हो।

प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको अध्यक्षतामा सरोकारवाला, स्थानीय तहका प्रतिनिधि र यातायात व्यवसायीबीच बसेको बैठकले बस, जिप, भ्यान र अटोको नयाँ भाडादर निर्धारण गरेको हो।

इन्धनको मूल्य, सडकको अवस्था र सवारी सञ्चालन लागतलाई आधार मानेर जिल्लाभित्रका विभिन्न रुटको भाडा तय गरिएको प्रशासनले जनाएको छ।

नयाँ नियमअनुसार अब यातायात व्यवसायीले यात्रु बोक्ने सबै सवारी साधनमा अनिवार्य टिकटको व्यवस्था गर्नुपर्नेछ।

कानुनले तोकेबमोजिम ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलाका लागि आरक्षण सिट र भाडा छुटको व्यवस्थालाई कडाइका साथ लागू गरिने प्रशासनले जनाएको छ। सिट क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएमा कारबाही गरिने चेतावनी दिइएको छ।

यसअघि हिमा, सिञ्जा, तिला र कनकासुन्दरी क्षेत्रका बासिन्दाले यातायात व्यवसायीले मनोमानी भाडा लिएको भन्दै वैज्ञानिक भाडादर कायम गर्न प्रशासनमा निवेदन दिएका थिए।

प्रशासनको निर्णयपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्। स्थानीय अगुवा हर्षबहादुर शाहीले भाडादर निर्धारण हुनु सकारात्मक भएको भन्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

इन्धनको मूल्य फेरबदल भएमा सोहीअनुसार भाडा पुनः हेरफेर गरिने सहमति समेत भएको छ।

यस्तो छ प्रमुख गन्तव्यको नयाँ भाडादर

 

प्रकाशित: २ चैत्र २०८२ २१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App