२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

धरानको वडा २ मा एमालेका वडाअध्यक्ष विजयी

धरान वडा २ मा एमालेबाट विजयी वडाअध्यक्ष रमेश राई। तस्बिर: रोहित/नागरिक

धरान उपमहानगरपालिकामा नेकपा एमालेले वडा नं २ को वडाअध्यक्ष जितेर खाता खोलको छ।  

वडा नं २ को अध्यक्षमा एमालेका उम्मेद्वार रमेश राई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुलाई १२१ मतान्तरले पराजित गरे। अध्यक्षमा विजयी राईले ७४८ मत पाउदा प्रतिद्वन्दी लिम्बुले ६२७ मत मात्र पाए।  

यसपाली वडा २ मा एमालेले अध्यक्ष र एक खुला सदस्य पनि जितेको छ। एमालेबाट सदस्यमा समिर राईले ६६० मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका अजय राईले ६५५ मत पाएका छन्।

कांग्रेसबाट दलित महिला सदस्यमा बुनु शंकर ६८० मत पाएर विजयी भएकी छिन्। महिला खुला सदस्यमा कांग्रेसबाट सन्ध्या श्रेष्ठ ६८४ र दिनेश अग्रवालले ६९१ मत ल्याएर विजयी भएका छन्। यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा भने वडा २ मा कांग्रेसले प्यानलै जितेको थियो।

प्रकाशित: १ जेष्ठ २०७९ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App