२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

इलाममा एकीकृत समाजवादीले सदस्यबाट खोल्यो खाता

इलाममा नेकपा (एकीकृत समाजवादी)ले वडा सदस्यबाट विजयको खाता खोलेको छ। माइजोगमाई गाउँपालिमा २ को वडा सदस्यमा गठबन्धनका रमेश राई (८१५) विजयी भए। राई जिल्लाभरमा अहिलेसम्म नेकपा (एस)बाट विजयी हुने पहिलो जनप्रतिनिधि हुन्।  

यो वडामा गठबन्धनको प्यालन नै विजयी भएको छ। वडाध्यक्षमा नेपाली नेपाली कांग्रेसका डम्बरबहादुर सुवेदी विजयी भएका छन्। सुवेदीले १ हजार २९ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का गणेशबहादुर सुवेदीले ५ सय २३ मत ल्याए। महिला वडा सदस्यमा कांग्रेसकी पुनम खड्का (९७८) विजयी भइन्। वडा सदस्यमा कांग्रेसकै हस्तबहादुर राई (८४६) विजयी भए। दलित महिला सदस्यमा कांग्रेसकी रूपादेवी दियाली यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन्।

चुलाचुली १ मा जोगियो मञ्चको विरासत

चुलाचुली गाउँपालिका वडा १ मा पुरानै विरासत कायम राख्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्यानल विजयी भएको छ। वडाध्यक्षमा पूर्ण लावती ध्रुव ८ सय ५३ मतसहित विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मोती फागोले ५ सय २७ मत ल्याए।  

२०७४ सालको निर्वाचनमा पनि लावती ७ सय ७ मतसहित वडाध्यक्षमा विजयी हुँदा यो वडाका सबै पदमा मञ्चले विजय हासिल गरेको थियो। जिल्लाभरमा मञ्चले यही वडामा मात्र जितेको थियो।  

अहिले वडा सदस्यमा समरध्वज तामाङ (७२७) र लालबहादुर चाम्लिङ राई (७८१) विजयी भए। महिला वडा सदस्यमा रामकुमारी राई (८३०) र दलित महिला सदस्यमा जानुकादेवी विश्वकर्मा (७४७) विजयी भए।

रोङ १ को वडाध्यक्षमा कांग्रेस विजयी

रोङ गाउँपालिका १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडाध्यक्षमा मनोहरि खड्का ६ सय १० मतसहित विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका मनोज खड्काले ४ सय ८८ मत ल्याए। महिला वडा सदस्यमा  कांग्रेसकी मनमाया राई, वडा सदस्यमा कांग्रेसकै रेशबहादुर राई र हेमु थापा विजयी भए। दलित महिला सदस्यमा एमालेकी लक्ष्मी नेपाली विजयी भएकी छिन्।

चुलाचुली ६ मा कांग्रेसका वडाध्यक्ष विजयी

चुलाचुली गाउँपालिका ६ को वडाध्यक्षमा कांग्रेसका दिलकुमार राई विजयी भएका छन्। उनले ८ सय ८९ मत ल्याए। निकटतम् प्रतिद्वन्द्वी एमालेका योगराज दाहालले ८ सय ३ मत ल्याएका छन्।  

सदस्यमा कांग्रेसका नरेन्द्रकुमार राई (९४२) र दलित महिला सदस्य निशा गजमेर (८७८) विजयी भए। एमालेबाट वडा सदस्यमा काजीमान राई (७९५) र महिला सदस्यमा मीनाकुमारी राई (८०३) विजयी भए।

प्रकाशित: १ जेष्ठ २०७९ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App