थप ७ सय ४३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २५ जनामा गरिएको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।