१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हिरालाललाई गुजारा चलाउनै मुस्किल

कोरोना कारण धनकुटामा सारंगी रेट्दै जिविको चलाउदै आइरहेका  हिरालाल गन्दर्भलाई गुजारा चलाउन गाह्रो भएको छ।  हिरालाल गन्दर्भ उमेरले ६० काटे। सारंगी रेट्दै हिडेको ४७ वर्ष भयो। उनी अहिले धनकुटा नगरपालिका वडा नं. ५ बिहिबारे हटिया नजिकै परिवारसंगै वस्दै आएका छन्। ४७ वर्ष लामो सारंगीको यात्रामा उनले कहिल्यै यस्तो महामारी भोग्नु परेको थिए। यो वर्ष कोरोना भाईरसको कारण जीविकोपार्जनका लागि निकै मुस्किल भएको छ।  

हाटबजारमा दैनिक जसो सारंगी रेटेर गीत गाउँदै गुजारा चलाउने हिरालाललाई लकडाउन  कारण घरमै बस्नु परेको छ।  दैनिक जसो हाटवजार जाने सारंगी वजाउने २–४ सय बटुल्ने अनि परिवार चलाउने गरेका हिरालाललाई लकडाउनको पछिल्लो समय ७ जनाको परिवार धान्न निक्कै मुस्किल परेको छ। परिवारमा छोरा–वुहारी श्रीमती २ जना र नातानातिनी भए पनि सारंगी वजाएर गीत गाउन भने हिरालाललाई मात्र आउँछ। खानेमुख धेरै कमाउने एक जना, त्यसमा पनि ५–६ महिना देखीको लकडाउनले गर्दा हातमुख जोड्न गाह्रो भएपछि बाध्य भएर सारंगी बोकेर गाउँ पसेको हिरालाल बताउँछन्।  

शहरी क्षेत्रमा प्रहरीले सारंगी वजाउन नदिने भएपछि आफु धनकुटा नगरपालिकाको विशेष गरेर ग्रामिण भेगमा सारंगी वजाउ्रँदै दिनको ५ सय देखी १ हजार रुपयाँ सम्म संकलन गरेर परिवारको गुजारा चलाइरहेको उनी बताउँछन्।  

हिरालाल भने–पहिले पहिले लकडाउन नहुँदा दिनको ४–५ हजार आम्दामी हुने गरे थियो, अहिले लकडाउनले गर्दा आम्दामी छैन, पेट पाल्नकै लागी भए पनि गाउँघर छिर्नु मेरो वाध्यता हो। वजारमा क्षेत्रमा त प्रहरीले टिकि खान दिदैन नै कतिपय स्थानमा गाउँघरमा पनि गाउँलेले बजाउन लाउने गरेको हिरालालको गुनासो छ।  

रामनवमी मेला, मागी मेला, नयाँ वर्ष, हप्तै पछिेको विहिवार हाट लगायतका विभिन्न चाडपर्वको वेला राम्रै आम्दामी हुने गरेको तर अव कोरोनाले गर्दा के हुने के हुने आफू र आफ्नो परिवारको भविश्य नै अन्योल भएको हिरालाल वताउ्रँछन्। त्यसका अलभा गाडी चल्दा भेडेटारको नमस्ते झरनामा गएर पनि राम्रै कमाई गरेर धनकुटा फर्कने गरेको तर अहिले झरना नै वन्द भएकोले त्येता जानपनि टुटेको छ। अंग्रेजी नयाँ वर्षको दिन एकै दिनमा १० देखी १५ हजार कमाई गरेको पनि उनले सुनाए। तर अब त्यो दिन कहिले आउँला कि नआउला भन्ने पनि लागेको छ, हिरालाललाई।  

पुर्खेउली घर भोजपुर जिल्लाको जरायोटार भए पनि उनी १३ वर्षको उमेर देखी दाजु सुरेश गन्दर्भसंग लागेर सारंगी रेटेर गीत गाउन सिकेको वताउँछन्। उनी आफूलाई सारंगी रेटेर गीत गाउन जान्ने वनाउने गुरु र प्रेरणाको श्रोत उनै हाल धरानमा रहेको सुरेश गन्दर्भलाई नै मान्छन्। उनी ०४६ सालमा पहिलो पटक भोजपुरबाट धनकुटा आएका थिए।

धनकुटा आएर उनी हिले नजिकैको उत्तरपानी वजारमा वसेर जीवन यापन गर्ने क्रममा ११ वर्षको छोरीको मृत्यु भए पछि वहकिएर धनकुटा–३ आत्मारामा नगेन्द्र पोख्रेलको घरवारीमा आएर वसेका थिए। उनी धनपा–३ आत्मारा नगेन्द्र पोख्रेलको घरमा १७ वर्ष बसे। अहिले भने धनकुटा–५ विहिवारे हटियामा परिवारसंगै वस्दै आएका छन्।

प्रकाशित: ८ भाद्र २०७७ ०७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App