२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

जेन–जी आन्दोलनका घाइते पवन शाहीलाई कालीकोटमा स्वागत

जेन–जी आन्दोलनको क्रममा गोली लागेर घाइते भएका पवन शाहीलाई गृहजिल्ला कालीकोटमा स्वागत गरिएको छ।  

गत भदौ २३ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा गोली लागेर घाइते भएका खाँडाचक्र–१ का २५ वर्षीय पवन काठमाडौंमा उपचार गरेर पाँच महिनापछि घर फर्केका हुन् । उनको स्वागतमा मान्म बजारका स्थानीयले बाजागाजा, फूलमाला, खादाअबिरले स्वागत गरेका छन् ।

No description available.

आन्दोलनका क्रममा पेट र पाखुरामा गोली लागेका शाही फुटबल खेलाडी हुन् । उनी काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार गरेर शुक्रबार कालीकोट पुगेका छन् । शाही शुक्रबार सुर्खेत हुँदै कालीकोटको मान्म पुगेपछि जिल्लाका राजनीतिक दलका नेता कार्यकर्ता, मान्म, ताडीलगायतका आफन्तसहित बजारबासीले खुसी साट्दै स्वागत गरेको उनका छन् ।  

जेन–जी आन्दोलनका घाइते शाहीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको बन्दसूचीमा राखेको छ।

प्रकाशित: १६ माघ २०८२ १९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App