३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

नेपाल यू-२० महिला र चीन युनान युथ टोलीबीच शनिबार प्रतिस्पर्धा हुने

नेपाल यू-२० महिला टोली र चीन युनान युथ टोलीबीच शनिबार मैत्रीपूर्ण खेल हुँदैछ । 

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मलेन गर्दै यी दुई टोलीबीच शनिबार प्रतिस्पर्धा हुने जानकारी दिएको हो। चिनियाँ नयाँ वर्षको अवसर पारेर यी दुई टोलबीच खेल हुन लागेको हो।

खेल शनिबार त्रिपुरेश्वरस्तििथ दशरथ रंगशालमा अपराह्न ३ बजे सुरु हुनेछ। यस प्रतियोगिताको लागि एन्फालले २३ सदस्य टोलीको घोषण गरेको छ। कप्तानको जिम्मेवारी विर्सना चौधरीले पाएकी छिन्।

यसअघि केही वर्षदेखि चीन र नेपालले चीनको नयाँ वर्षको अवसर पारे मैत्रीपूर्ण खेल आयोजना गर्दै आइरहेको छ।

प्रकाशित: १६ माघ २०८२ १९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App