करेन्ट लागेर रौतहटमा एक युवकको ज्यान गएको छ। धान खेत सिचाइ गर्नको लागि पानी तान्न मोटरको तार जोडने क्रममा करेन्ट लागेर स्थानीय फतुवा बिजयपुर नगरपालिका ८ का रबिन्द्र साहको ज्यान गएको हो।
जोखिमको समयमा पनि फिल्डमा खटिएर काम गर्ने पत्रकारको पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न प्रेस सेन्टर नेपालले सरकारसँग माग गरेको छ। आइतवार एक विज्ञप्ति जारी गर्दै बिषम परिस्थितिमा पनि निरन्तर नागरिकलाई सूचना सम्प्रेषण गर्न पेशागत कर्ममा जुटिरहेका सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न सेन्टरले माग गरेको हो।
जंगी अड्डामा कार्यरत एक सैनिक जवानले आत्महत्या गरेका छन्। तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका एक जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आइतबार बिहान आत्महत्या गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
तनहुँको भानु नगरपालिकामा एकैपटक २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण क्रममा भानु–६ मा ९ जना पुरुष र ७ मा १० जना पुरुष र तीन जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कालिकोटको तिलागुफा नगरपालिका–१ को नाग्म बजारमा पहिरोले घर पुर्दा एकको मृत्यु भएको छ। दुई जनाको प्रहरीले उद्दार गरेको छ । आइतबार विहान साढे सात बजेतिर ३० मिटर माथिबाट आएको पहिरोले पाँच घर पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
गाउँगाउँमा कोरोना संक्रमण देखिएपछि एक अर्को गाउँबिचको आउजाउ बन्द गर्न सुरु गरिएको छ। धादीङसँग सिमाना जोडिएको गोरखाको झोलुङ्ले पुलहरुमा स्थानीयले बार लगाउने, आउजाउ रोक्न प्रहरी परिचालन समेत गरिएको छ।
सिरहा नगरपालिका–६ का चन्दन महरा आँखाले देख्दैनन्। परिवारका अन्य सदस्यले ज्यालामजदुरी गरी ल्याएपछि घरको चुलो बल्छ। तर, लामो समय लकडाउनका कारण मजदुरी रोकिँदा महरा परिवारको चुलो बल्न छोडेको छ।
कोरोना संक्रमणबाट राजविराज नगरपालिका –२ कि ६० वर्षीया महिलाको मृत्यु भएको छ ज्वरो, श्वासप्रश्वासमा समस्या भएर शुक्रबार उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना भएकी महिलाको गएराति मृत्यु भएको हो।
आज (आइतबार) १०औं अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइँदैछ। नेपालमा पनि बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्ध अनलाइनमार्फत विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको सन्दर्भ पारेर शनिबार पीडितको भोगाइ समेटेर बेपत्ता पारिएका व्यक्ति तथा परिवारजनमा प्रतिनिधिमूलक ‘नफर्किएका पाइला’ वृत्तचित्र अनलाइनमार्फत प्रदर्शन गरिएको थियो।
खोटाङले मापदण्ड विपरित नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन्, संकल् र निकासीमा कडाइ गरिने भएको छ। प्रारम्भिक वातावरणीय परीक्षण नगरी जिल्लाका नदी तथा खोलाबाट जथाभावी निर्माण सामग्री निकासी भइरहेको अवस्थामा जिल्ला अनुगमन समितिले जथाभावी ढुंगा, गिटी र बालुवालगायतका खानीजन्य पदार्थ उत्खनन्, संकलन र ढुवानीमा कडाइ गर्ने निर्णय गरेको हो।
महामारीका बेला प्रहरीको सरुवा गर्दा कोरोना फैलिने डर देखिएको छ। प्रहरी प्रधान कार्यालयले करिब एक महिनाअघि ४९ जना एसपीको सरुवा गरेको थियो। सरुवा गर्दा वा बिदामा बसेर ओहोरदोहोर गर्दा प्रहरी कार्यालयमा कोरोना फैलिने गरेको छ।
पूर्वपश्चिम रेलमार्गअन्तर्गत इनरुवा–काँकडभिट्टा खण्डको रेल्वे ट्र्याकबेड निर्माण ठेक्का प्रक्रियामा चलखेल भएको दाबीसहित परेको उजुरीमा अनुसन्धान गरिरहेको अख्तियारले फाइल तामेलीमा राख्ने निर्णय गरेको हो।
आज देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार रातिदेखि प्रदेश १ को एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन्।
कैलालीमा प्रहरीले शनिबार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका अन्दाजी रु दुई लाख ३० हजार बराबरको २०० प्याकेट सुपरपावर सुर्तीसहित से १ च २८९ नम्बरको सेतो रङको पिकअप बोलेरो जिप बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
चितवनमा आज साँझ थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
बढैयाताल गाउँपालिका–५ जगतिया गाउँकि मगन्ती थारुको जीवन यापन गर्न कुनै सपना थिएन । छोरी र दुईवटा छोरा जेनतेन उच्च शिक्षा हासिल गराउँने योजना बुनेकी उनको जीवन पीडामा गुज्रिरहेको छ । २०५८ साल मंसिर २७ गते बाट उनको कालरात्री शुरु भएको उनी सम्झिन्छन्।
दलित अधिकारकर्मीहरूले एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लाम्गादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारबाहीको माग गरेका छन् । संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले पीडितलाई न्याय र पीडकलाई सजाय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएको छ ।
ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङलाई लागेकाे हाे ।
कपिलवस्तु नगरपालिका–७ धमौलीमा नलको खेर जाने पानी जमेको खाल्टोमा डुबेर ढेड वर्षका बालकको मृत्यु भएको छ । घरमा रहेको नल नजिकै रहेको खाल्टोमा डुबेर स्थानीय जैसराम अहिलको छोरा पंकजको डुबेर मृत्यु भएको हो ।
प्रदेश २ मा शुक्रबार एकैदिन ७ जना मृतक र १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा बढी पर्साका तीन, महोत्तरीका दुई र सिरहाका दुई जना गरी सात जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यही भदौ १० गते राति नेपालगन्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा पुगेका ३० र २८ वर्षका दुई महिलालाई रातको समयमा झारफुक गर्ने बहानामा बोलाएर बलात्कार गरिएकाे हाे ।
रौतहटमा करेन्ट लागेर युवकको ज्यान गयो
करेन्ट लागेर रौतहटमा एक युवकको ज्यान गएको छ। धान खेत सिचाइ गर्नको लागि पानी तान्न मोटरको तार जोडने क्रममा करेन्ट लागेर स्थानीय फतुवा बिजयपुर नगरपालिका ८ का रबिन्द्र साहको ज्यान गएको हो।
फिल्डमा खटिएका पत्रकारहरूकाे पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न प्रेस सेन्टरको माग
जोखिमको समयमा पनि फिल्डमा खटिएर काम गर्ने पत्रकारको पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न प्रेस सेन्टर नेपालले सरकारसँग माग गरेको छ। आइतवार एक विज्ञप्ति जारी गर्दै बिषम परिस्थितिमा पनि निरन्तर नागरिकलाई सूचना सम्प्रेषण गर्न पेशागत कर्ममा जुटिरहेका सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न सेन्टरले माग गरेको हो।
आफैले बोकेको हतियार प्रयोग गरी जंगी अड्डामा सैनिक जवानले गरे आत्महत्या
जंगी अड्डामा कार्यरत एक सैनिक जवानले आत्महत्या गरेका छन्। तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका एक जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आइतबार बिहान आत्महत्या गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
तनहुँको भानुमा एकैदिन २२ जनामा कोरोना संक्रमण
तनहुँको भानु नगरपालिकामा एकैपटक २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण क्रममा भानु–६ मा ९ जना पुरुष र ७ मा १० जना पुरुष र तीन जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कालिकोटमा पहिरोले पाँच घर बगायो, एकको मृत्यु
कालिकोटको तिलागुफा नगरपालिका–१ को नाग्म बजारमा पहिरोले घर पुर्दा एकको मृत्यु भएको छ। दुई जनाको प्रहरीले उद्दार गरेको छ । आइतबार विहान साढे सात बजेतिर ३० मिटर माथिबाट आएको पहिरोले पाँच घर पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
आवतजावत रोक्न पुलमा प्रहरी
गाउँगाउँमा कोरोना संक्रमण देखिएपछि एक अर्को गाउँबिचको आउजाउ बन्द गर्न सुरु गरिएको छ। धादीङसँग सिमाना जोडिएको गोरखाको झोलुङ्ले पुलहरुमा स्थानीयले बार लगाउने, आउजाउ रोक्न प्रहरी परिचालन समेत गरिएको छ।
सुरुमा लिने मात्र आउँथे, अहिले दिनेहरू पनि जुट्दै
सिरहा नगरपालिका–६ का चन्दन महरा आँखाले देख्दैनन्। परिवारका अन्य सदस्यले ज्यालामजदुरी गरी ल्याएपछि घरको चुलो बल्छ। तर, लामो समय लकडाउनका कारण मजदुरी रोकिँदा महरा परिवारको चुलो बल्न छोडेको छ।
सप्तरीमा कोरोना संक्रमित एक महिलाको निधन
कोरोना संक्रमणबाट राजविराज नगरपालिका –२ कि ६० वर्षीया महिलाको मृत्यु भएको छ ज्वरो, श्वासप्रश्वासमा समस्या भएर शुक्रबार उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना भएकी महिलाको गएराति मृत्यु भएको हो।
आज अन्तर्राष्ट्रिय बेपत्ता दिवस
आज (आइतबार) १०औं अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइँदैछ। नेपालमा पनि बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्ध अनलाइनमार्फत विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको सन्दर्भ पारेर शनिबार पीडितको भोगाइ समेटेर बेपत्ता पारिएका व्यक्ति तथा परिवारजनमा प्रतिनिधिमूलक ‘नफर्किएका पाइला’ वृत्तचित्र अनलाइनमार्फत प्रदर्शन गरिएको थियो।
मसुरिया क्षेत्रमा क्षयरोगी बढ्दै
मसुरिया स्वास्थ्य चौकीले १२ जना नयाँ क्षयरोगीको वार्षिक उपचार गर्ने लक्ष्य राखेकोमा करिब तीन गुणा बढी (३१ जना) नयाँ बिरामीको उपचार गर्नु परेको छ।
नदीजन्य पदार्थ उत्खनन्मा कडाइ
खोटाङले मापदण्ड विपरित नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन्, संकल् र निकासीमा कडाइ गरिने भएको छ। प्रारम्भिक वातावरणीय परीक्षण नगरी जिल्लाका नदी तथा खोलाबाट जथाभावी निर्माण सामग्री निकासी भइरहेको अवस्थामा जिल्ला अनुगमन समितिले जथाभावी ढुंगा, गिटी र बालुवालगायतका खानीजन्य पदार्थ उत्खनन्, संकलन र ढुवानीमा कडाइ गर्ने निर्णय गरेको हो।
सरुवाले फैलायो संक्रमण
महामारीका बेला प्रहरीको सरुवा गर्दा कोरोना फैलिने डर देखिएको छ। प्रहरी प्रधान कार्यालयले करिब एक महिनाअघि ४९ जना एसपीको सरुवा गरेको थियो। सरुवा गर्दा वा बिदामा बसेर ओहोरदोहोर गर्दा प्रहरी कार्यालयमा कोरोना फैलिने गरेको छ।
अख्तियारको क्लिन चिट, अर्थ र विकास समिति मौन
पूर्वपश्चिम रेलमार्गअन्तर्गत इनरुवा–काँकडभिट्टा खण्डको रेल्वे ट्र्याकबेड निर्माण ठेक्का प्रक्रियामा चलखेल भएको दाबीसहित परेको उजुरीमा अनुसन्धान गरिरहेको अख्तियारले फाइल तामेलीमा राख्ने निर्णय गरेको हो।
मौसम पूर्वानुमानः यी क्षेत्रमा भारी वर्षाको सम्भावना, कस्तो रहला आगामी तीन दिन?
आज देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार रातिदेखि प्रदेश १ को एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
एकै दिन चितवनका एक सय दुईमा संक्रमण, दुईको मृत्यु
एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन्।
सुर्तीसहित बोलेरो जिप बरामद
कैलालीमा प्रहरीले शनिबार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका अन्दाजी रु दुई लाख ३० हजार बराबरको २०० प्याकेट सुपरपावर सुर्तीसहित से १ च २८९ नम्बरको सेतो रङको पिकअप बोलेरो जिप बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
कोरोनाबाट चितवनमा थप एकको मृत्यु
चितवनमा आज साँझ थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
बेपत्ताका परिवार भन्छन् : आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्
बढैयाताल गाउँपालिका–५ जगतिया गाउँकि मगन्ती थारुको जीवन यापन गर्न कुनै सपना थिएन । छोरी र दुईवटा छोरा जेनतेन उच्च शिक्षा हासिल गराउँने योजना बुनेकी उनको जीवन पीडामा गुज्रिरहेको छ । २०५८ साल मंसिर २७ गते बाट उनको कालरात्री शुरु भएको उनी सम्झिन्छन्।
राष्ट्रिय खेलाडी चन्द्रकलालाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कारबाहीको माग
दलित अधिकारकर्मीहरूले एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लाम्गादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारबाहीको माग गरेका छन् । संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले पीडितलाई न्याय र पीडकलाई सजाय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएको छ ।
बाँदरलाई हानेको गोली बालकलाई लाग्यो !
ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङलाई लागेकाे हाे ।
नलको पानी जम्ने खाल्टोमा डुबेर बालकको मृत्यु
कपिलवस्तु नगरपालिका–७ धमौलीमा नलको खेर जाने पानी जमेको खाल्टोमा डुबेर ढेड वर्षका बालकको मृत्यु भएको छ । घरमा रहेको नल नजिकै रहेको खाल्टोमा डुबेर स्थानीय जैसराम अहिलको छोरा पंकजको डुबेर मृत्यु भएको हो ।
प्रदेश २ मा एकैदिन ७ को मत्यु
प्रदेश २ मा शुक्रबार एकैदिन ७ जना मृतक र १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा बढी पर्साका तीन, महोत्तरीका दुई र सिरहाका दुई जना गरी सात जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
आफूले दिएको सागले एकै परिवारका ४ जना गम्भीर बिरामी परेपछि उनले गरे आत्महत्या
उनले दिएको जरिङ्गोको साग खाएर रिजाल चोकका ४ जना गम्भीर बिरामी भएका छन् । उनीहरूको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बाँकेमा झारफुक गर्ने बहानामा बाबाले गरे २ महिलालाई बलात्कार