प्रदेश २ मा शुक्रबार एकैदिन ७ जना मृतक र १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा बढी पर्साका तीन, महोत्तरीका दुई र सिरहाका दुई जना गरी सात जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ४८ वर्षीय पुरुष, वीरगन्ज–१२ निवासी ६५ वर्षीया महिला र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन्।मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका–१ का ३५ वर्षीय पुरुष र पिप्रा गाउँपालिका–७ का ७० वर्षीय पुरुष छन्।
सिरहाको लहान नगरपालिका–१८ भदैयाका ८५ वर्षीय पुरुष र सुखिपुर नगरपालिका–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार पर्सामा ३३, वारामा १३, रौतहटमा ३, सर्लाहीमा ३, महोत्तरीमा ८, धनुषामा १२, सिरहामा ७ र सप्तरीमा ५ गरी ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
पर्सामा ३४ जना थपिएसँगै संक्रमितको संख्या २ हजार १ सय १८ पुगेको छ। बारामा ९ जना थपिएसँगै संक्रमितको संख्या ८ सय पुगेको छ। रौतहटमा १ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ६ सय ३० पुगेको छ। सर्लाहीमा ४५ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ४ सय १२ पुगेको छ। महोत्तरीमा २७ जना थपिएसँगै संक्रमितको संख्या १ हजार २ सय १ पुगेको छ। धनुषामा ४९ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ४ सय ४७ पुगेको छ। सिरहामा ७ जना थपिएसँगै संक्रमितको संख्या ४ सय ३ पुगेको छ। सप्तरीमा संक्रमितको संख्या ७ सय ८५ छ। यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७६ पुगेको छ।
शनिबार यस प्रदेशबाट ८७ जना निको भएर फर्किएका छन। निको भएर घर फर्किको कूल संख्या ४ हजार ७ सय ३५ पुगेको छ।
प्रकाशित: १३ भाद्र २०७७ १२:३९ शनिबार





