विप्लवलाई मूलधारमा ल्याइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारमा ल्याउने बताएका छन्।आइतबार झापाको कमल ७ मा नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग चाँडै वार्ता गरिने बताउँदै थपे, ‘यसको घोषणा तपाईंहरूले घरघरमै टिभीमा हेर्न पाउनुहुनेछ ।’