८ वैशाख २०८१ शनिबार
समाज

झापामा १४ स्थानीय तहमा भेटिए संक्रमित

झापाको एउटा बाहेक सबै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । कचनकवल गाउँपालिकामा मात्रै १ सय २६ जना संक्रमित छन् । बिर्तामोड बाहेक सबै स्थानीय तहमा संक्रमित भेटिएका छन् ।  

झापामा मात्रै १७४ जना संक्रमित अहिलेसम्म भेटिएका छन् । तर क्वारेन्टिनको सुधार र व्यवस्थापन नहुँदा क्वारेन्टिनबाटै संक्रमण फैलने जोखिम पनि उच्च छ । जिल्लामा पहिलो पटक दमकमा संक्रमित भेटिएका थिए । व्यवस्थापन स्थानीय तहले गर्दै आएका छन्, जिल्ला स्तरीय समितिका संयोजक सोम पोर्तेलले भने, जिल्ला स्तरमा पनि हामीले निर्माण गरका क्वारेन्टिनमा भारतबाट आउनेलाई राखिएको छ ।  

झापाको हट स्पट कचनकवल गाउँपालिकाका प्रमुख अन्जार आलमले भारतबाट आउनेलाई सिधै क्वारेन्टिनमा राखिएको कारणले समुदायसम्म फैलनसक्ने जोखिम नभएको बताए । तर सरकारले नाकाबाट ल्याउनु अगाडी नै लुकेर नेपालसम्म आएकाहरुको यकिन तथ्यांक भने छैन । नाका पार गर्न लाग्दा भेटिएकाहरुलाई मात्रै कचनकवलले क्वारेन्टिनमा राखेको छ । अध्यक्ष आलमका अनुसार सीमामा सुरक्षा कडा भएका कारण लुकेर भित्रने सम्भावना नभएको दाबी गरे । सिधै क्वारेन्टिनमा राखेका छौ, उनले भने, तर क्वारेन्टिनबाटै संक्रमण बढ्ने सम्भावना देखिएपछि अहिले सुधार गरेका छौ ।  

गौरादहको जनता मावि क्वारेन्टिनमा बस्दै आएका रोबर्ट आचार्यले सोही क्वारेन्टिनमा बस्दै आएकी एक महिलामा संक्रमण देखिएपछि व्यवस्थापनमा समस्या भएको औल्याए । हामीले पटक पटक दबाब दिएका थियौ, केही सुधार भएको भने छ, उनले भने, तर पर्याप्त भएको छैन, क्वारेन्टिनको अवस्था सुधार गर्ने, शौचालयको सुधार गर्ने गर्नुपर्ने देखिन्छ । झापाका ३ कबाट निर्वाचित प्रदेश सांसद बसन्त बानियाँले पर्याप्त पूर्वाधार नहुँदा समेत क्वारेन्टिनबाटै संक्रमणको जोखिम बढेको हुन सक्ने बताए । कतिपयलाई त्यहीँबाट पनि सरेको हुन सक्छ, बानियाँले भने, कचनकवलका क्वारेन्टिनमा अहिले भने व्यवस्थापन गरिएको छ, शौचालय बाहेक अन्य आवश्यक बस्तु छुटाछुटै प्रयोग गर्ने वातावरण बनाएका छौ ।  

१०४ निको भए
कचनकवलका ९४ सहित झापा १ सय ४ जना कोरोना भाइरस संक्रमित घर फर्किएका छन् । कोरोना जितेर फर्किने अधिकांश कचनकवल, दमक, वाह्रदशी, झापाका पालिकाका छन् । कतिपय संक्रमित जाति भएर समाजमा फर्किएका पनि छन् ।  

शनिबार ५ थपिएसँगै झापामा संक्रमितको संख्या १ सय ७४ पुगेको छ । थपिएका ५ जनामध्ये गाउँपालिका गौरीगञ्जका ३, बाह्रदशीका १ र शिवसताक्षीका १ जना छन् । शिवसताक्षीमा पहिलो संक्रमण हो । कचनकवलमा १ सय २६, दमक १, बाह्रदशीमा ७, गौरीगन्ज १५ जना, गौरादहमा ४, कमलमा १, अर्जुनधारा २, भद्रपुर ४, झापा १, मेचीनगर २, बुद्धशान्ति ५, कनकाई ३, हल्दिवारी २ र शिवसताक्षीमा १ जना संक्रमित छन् ।

 

प्रकाशित: ३२ जेष्ठ २०७७ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App