भारतीय प्रधानमन्त्री मोदीले दोस्रो चरणमा कोरोनाको खोप लगाउने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन्।
बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण्न देखिएको छ।
सुदूरपश्चिममा कोरोना परीक्षण सुस्त भएको छ। नमुना संकलन गर्नमा सम्बन्धित निकायले बेवास्ता गर्दै गएकाले परीक्षण घट्दै गएको हो। १२ सय क्षमता रहेको सेती प्रादेशिक धनगढी अस्पतालको प्रयोगशालामा एक साता यता १ सय भन्दा कम नमुना मात्र परीक्षण भैरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोभिड-१९ (कोरोना भाइरस) संक्रमण भएको पुष्टि भएको छ। उनको आइतबार पीसीआर परीक्षण गरिएको थियो। मन्त्री रावलको थप उपचारका लागि काठमाडौं पठाइएको प्रदेश अस्पताल सुर्खेतका अस्पताल निर्देशक डम्मर खड्काले जानकारी दिए।
भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका स्कुलहरुलाई माघ १ गतेदेखि खोल्न भने पनि त्यो अनिवार्य नभएको स्पष्ट पारेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले त्यो बाध्यकारी नभई विद्यार्थीको हितलाई ध्यानमा राखी सहज बनाइएको मात्रै बताए।
शुक्रराज सरुवा रोग अस्पतालका डाक्टर अनुप वास्तोलाले कोरोना भाइरसको पहिलो छालबाट तंग्रिने अवस्थामा रहे पनि पूर्ण सुरक्षित भइनसकेको बताएका छन्।
न हातले धाराको टुटी घुमाईरहनु पर्ने, न त बन्द नै गर्नुपर्ने। हात धुने स्टेसनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई पैदलले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र छोडेपछि पानी बन्द हुन्छ। साबुनका लागि पनि उहि प्रक्रिया अनुसार गर्न सकिन्छ। कन्ट्याक्ट लेस ह्याण्ड वासिङ स्टेसन अर्थात् हातले छोइरहनु नपर्ने हात धुने स्टेसन धादिङ जिल्लाको सात वटा स्थानीय तहहरुका प्रत्येक वडा र स्वास्थ्य संस्थाहरुमा जडान गरिएको छ।
कोभिड–१९ (कोरोना भाइरस) बाट कर्णालीमा एकजना शिक्षकको मृत्यु भएको छ। स्याङजा आँधीखोला गाउँपालिका–५, घर भइ डोल्पामा अध्यापन गराउँदै आएका ५१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि कम्बोडिया सरकारले नेपाल सरकारलाई स्वास्थ्य उपकरण तथा सामाग्रीहरु सहयोग स्परूप उपलब्ध गराएको छ।
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या सोमबारसम्म एक करोड तीन लाख ४० हजार नाघेको छ।
कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो।
कोरोना भाइरसविरुद्ध बनेका विभिन्न देशका भ्याक्सिन लगाउन सुरु गरिएको छ। आपतकालिन प्रयोगका लागि ति भ्याक्सिन प्रयोगको अनुमति पाएसँगै लगाउन सुरु गरिएको हो।
चीनमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको छ। बेलायतबाट सुरु भएको कोरोना भाइरसको नयाँ प्रकार चीनमा पहिलो पटक भेटिएको हो।
संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा छ हजारमा पिसिआर परीक्षण गर्दा ५३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १९६ महिला र २३८ पुरुष रहेका छन्।