जंगी अड्डामा कार्यरत एक सैनिक जवानले आत्महत्या गरेका छन्। तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका एक जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आइतबार बिहान आत्महत्या गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
घटनाबारे सम्वन्धित व्यक्तिको नजिकको आफन्तलाई जानकारी गराएको सेनाले जनाएको छ। नेपाली सेनाको स्थायी कार्यविधि बमोजिम सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाईएको छ। घटना सम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएको सेनाले जनाएको छ।
प्रकाशित: १४ भाद्र २०७७ ०६:२८ आइतबार





