अपहरणका सबै आरोपित पक्राउ

काठमाडौं- बैंककमा अध्ययनरत तीन नेपाली विद्यार्थीको अपहरणमा संलग्न सबै आरोपित पक्राउ परेका छन्। थाई प्रहरीले मंगलबारसम्ममा १० जनालाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। अपहरणमा संलग्न ११ मध्ये एक जना नेपालमै पक्राउ परेका छन्।