'भूपि स्मृति सम्मान पुरस्कार' कवि मोमिलाले पाएकी छन्। पोखरास्थित थकाली सेवा समितिले प्रदान गर्दै आएको उक्त पुरस्कार यसपालि मोमिलाले पाएकी हुन्। भूपि शेरचनको ७९ औ" जन्मजयन्तीको अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले समितिका तर्फबाट उनलाई सम्मानपत्रसहित ५० हजार रुपैयाँ प्रदान गरे।
मोमिलाले पुरस्कारले आफूलाई थप ऊर्जा दिएको बताइन्। कार्यक्रममा भूपि शेरचनको व्यक्तित्व र कविताबारे असफल गौतम र मोमिलाबारे सरस्वती प्रतीक्षाले चर्चा गरेका थिए। कवि तीर्थ श्रेष्ठ, साहित्यकार उषा शेरचन, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट, थकाली सेवा समाजका अध्यक्ष अम्बर तुलाचन आदिले भूपिबारे बोलेका थिए।
प्रकाशित: १७ पुस २०७१ ११:०४ बिहीबार





