दशौँ संस्करणको 'सानी परी एन्ड सानो बाबु–२०१४' ट्यालेन्ट प्रतियोगितामा सानो परीको उपाधि सभ्यता श्रेष्ठले हात पारेकी छन्।
'जीत हाम्रो' संस्थाले आयोजना गरेको प्रतियोगितामा बाल कल्याण बोर्डिङ स्कुलकी १० वर्षीया सभ्यताले उपाधिसँगै 'दर्शक छनोट' को अवार्ड जितिन्। शनिवार पोखरामा भएको प्रतियोगितामा सानो बाबुतर्फ बेसलाइन ऐकेडेमीका १० वर्षीय रेडियम गौतमले उपाधि जिते। उनले बेस्ट फोटोेजेनिक टाइटल पनि आफ्नो पेल्टामा पारे। सभ्यता र रेडियमले १०–१० हजार रुपैयाँ पाए। प्रस्पिर्धामा पोखराका २२ विद्यालयका ३२ जना नानी–बाबु सहभागी थिए।
प्रकाशित: १७ पुस २०७१ ११:१४ बिहीबार





