३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

एउटा यस्तो पोज

अभिनेत्री अनु शाह भद्र अभिनेत्रीमा गनिन्थिन्। तर, अब त्यो छवि कायम रहला जस्तो छैन। किनभने, फिल्म 'गोरे'को छायांकन सकिँदै गर्दा त्यो फिल्मका केही फुटेज सार्वजनिक भएका छन्। 
जहाँ अनुको एउटा पोजले उनको भद्रतालाई चुनौती दिइरहेको छ। निलो ब्लाउजमा अर्धवक्ष देखिएको उक्त तस्बिरलाई निर्माण पक्षले चर्चाको अस्त्र पनि बनाएको देखिन्छ। गोरे अर्थात् दिलीप रायमाझीकी प्रेमिकाको भूमिकामा अभिनय गरेकी छिन् अनुले। र, उनी शहरिया युवतीका रूपमा देखिएकी छिन्। आफ्नी प्रेमिकाको खोजीमा शहर गएको एउटा गाउँले केटाले परिस्थितिअनुसार आफूलाई बदल्नुपर्ने कुरा फिल्ममा देखाइएको छ। रामेशकुमार राईले निर्देशन गरेको फिल्ममा दिलीप र अनुका साथमा गुनु घर्ती, ममता शर्मा, माधव पण्डित, सञ्चिता सत्याल, सूर्य जीसीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १७ पुस २०७१ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App