पोखराबाट करिब २५ किलोमिटर टाढा पर्ने रूपाकोट–६, मैदानमा निर्मित रूपाकोट रिसोर्ट सञ्चालनमा आएको छ। गैरआवासीय नेपाली (एनआरएन) को ३० करोड रुपैयाँ लगानीमा रिसोर्ट बनेको हो। रिसोर्टमा बेल्जियमनिवासी पुष्पराज अधिकारीको लगानी छ। रिसोर्ट गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र बेल्जियमको टिलट्वीङ नगरका मेयर रुडी बेकेनले उद्घाटन गरे।
पोखरामा गुणस्तरीय सेवा खोज्ने र खर्च गर्न सक्ने पर्यटक आकर्षित गर्न लगानी गरेको अधिकारीले बताए। यसले पर्यटकको बसाइ लम्बाउन सघाउने उनले बताए। 'पोखरा आएका पर्यटकलाई यहाँसम्म ल्याउन सक्ने हो भने उनीहरूको बसाइ अवधि लम्बाउन सकिन्छ,' अधिकारीले भने। रिसोर्टमा ४२ वटा कोठा छन्। अहिलेसम्म कुनै पर्यटकीय गतिविधि नभएको कास्कीको पूर्वी गाउँ, रूपाकोट डाँडामा रहेको रिसोर्टलाई दुई वर्षभित्र विस्तार गरेर १ सय १६ कोठा पुर्याइने उनले बताए।
प्रकाशित: १७ पुस २०७१ ११:१२ बिहीबार





