३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्री अर्याल विराटनगरमा

गृहमन्त्री ओमप्रकाश अर्याल विराटनगर आइपुगेका छन्। पुस १६ गते हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मन्त्री अर्याल विराटनगर आएका हुन्।

आज उनले विराटनगरस्थित आइसीपी, जिल्ला प्रशासन कार्यालय मोरङलगायतको निरीक्षण गर्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ। विराटनगर विमानस्थलमा बालेन, रवि गठबन्धन, सरकारका मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने सहमति र मन्त्रीहरूले नै पार्टी खोलेको विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री आर्यालले आफू सहभागी नभएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘म त सहभागी भएको छैन।’

विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा कोशी प्रदेशका सबै जिल्लाको सुरक्षा अवस्था, सुरक्षा चुनौतीहरू र निर्वाचनको तयारीका विषयमा १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले ब्रिफिङ गर्ने जनाइएको छ।

प्रकाशित: १५ पुस २०८२ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App