१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कार्यकर्तालाई एमालेको आह्वान : एआइको प्रयोग गरी फैलाइएका भ्रमहरू चिर्न घर-घर पुग्नुस्

नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले प्रत्येक कार्यकर्तालाई भ्रम चिरेर जनताको घरघरमा पुग्न आह्वान गरेका छन्।

आज झापाको दमक ५ मा नेपाल खेलकुद महासंघ दमक नगर समितिले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन्। 'अहिले हाम्रो समाजले समाजिक सञ्जालमा अपशब्द, निकृष्ट शब्दावलीको वर्षा गराइएको छ,' उनले भने, 'यसले समाजमा एआइको प्रयोग गरी भ्रामक, गाली, गलौज, ढाटछलको संस्कार विकास गरिँदै आएको छ।'

उनले यसले गर्दा समाजलाई सही दिशामा लान पनि अहिले नेकपा एमालेका प्रत्येक कार्यकर्ता समाज सुधार गर्न घरघरमा पुगेर जनतालाई बुझाउन आवश्यक रहेको भनाइ राखे।

उनले एमालेको नेतृत्वमा बहुमतको सरकार कहिल्यै पनि नबनेका कारण सरकार बन्दा एमालेका नीति कार्यक्रम लागु गर्न नसकिएको जिकिर गरे। 'एमालेको नेतृत्वमा कहिल्यै पनि बहुमतको सरकार निर्माण हुन सकेन त्यसैले पनि कसैको सहारा लिएर सरकार बन्दा एमालेका नीति कार्यक्रम लागु गर्न सकिएन,' उनले भने, 'त्यसैले अबको सरकार एमालेको बहुमतको निर्माण गर्नपर्ने बाध्यता छ। सबै कार्यकर्ताले बहुमत पुर्याउने गरी निर्वाचनमा लाग्न जरुरी छ।'

कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष दिपेन्द्र दाहालले खेलकुद महासंघममा आबद्ध सबैले सामाजिक सञ्जालमा आएका गलत विषयलाई चिर्न आवश्यक रहेको ‍‍औल्याए। कार्यक्रममा संघकी केन्द्रीय सदस्य इन्दु सिग्देलले स्वागत मन्तव्य दिइन् भने नगर अध्यक्ष खड्ग राईको अध्यक्षतामा कार्यक्रम भएको थियो।

प्रकाशित: ३ फाल्गुन २०८२ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App