नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताएका छन्।
काठमाडौंबाट झापाका चुनावी कार्यक्रमका लागि आउने क्रममा भद्रपुर विमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनि नसकेको बताएका हुन्। यस बारेमा सरकारले धेरै कुरा जान्नुपर्ने उनको भनाइ छ।
यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरूसँग भेट गरेका थिए।
प्रकाशित: ३ फाल्गुन २०८२ १४:५८ आइतबार





