२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कुलमानलाई हर्कको कटाक्ष : एक महिनामै पोइल जाने पार्टी कुन हो?

धरान उपमहानगरपालिका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ समय समयमा दिने विवादित बयानका कारण चर्चामा रहने गरेका छन्। 

पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीको एकतालाई लिएर निरन्तर विरोध गरिरहेका छन्।

उनले एकपछि अर्को गर्दै निरन्तर विरोध गर्दै आएका छन्। मंगलबार फेसबुकमा लेखे, ‘गाउँखाने कथा है “जनताले नपत्याए पछि एकै महिना भित्र पोइला जाने पार्टी कुन हो?” 🤣🤣🤣’

यसअघि उनले शाह जहाँबाट उम्मेदवार हुँदा पनि पराजित गर्ने दाबी समेत गरेका थिए। 

जेनजी अभियान्ता सुदन गुरुङको पहलमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई उपसभापति बनाएर भित्र्याएको छ। 

रास्वपा सभापतिमा भने रवि लामिछाने नै कायम रहने जनाइएको छ।

प्रकाशित: १५ पुस २०८२ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App