बिहिबार भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न स्थानमा जित हासिल गरेपछ आफ्ना नेता तथा कार्यकर्तालाई संयमित रहन निर्देशन दिएको छ।
पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले शनिबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा अन्य माध्यममा जथाभावी टिप्पणी नगर्न आग्रह गरेका हुन्। जनताको अभिमतलाई सम्मान गर्दै विजयलाई उन्मादका रूपमा नलिई जिम्मेवारीका साथ काम गर्नुपर्ने बताएका छन् ।
अहिले देशभरीका मतपरिणाम सार्वजनिक भइरहेका बेला सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी र गतिविधि बढेको भन्दै आयोगले त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रकाशित: २३ फाल्गुन २०८२ १३:११ शनिबार





-600x400.jpg)